डिग्री देखि ८६.६ डिग्री उत्तरी आक्षशं २७.३६ डिग्री देखि २८.१३ डिग्री का बीचमा रहेको छ । यस जिल्लाको भौगोलिक स्थिति एकैनासको छैन । यस जिल्लाको प्रायः सम्पूर्ण भाग नै पहाड, पर्वत र हिमाली श्रृखलाले ढाकिएको छ । जिल्लाका स्थानीय लेसम, बलेफी इन्द्रावती, रिपार, मेलम्ची आदि अविरल बगिरहने नदी र तिब्बती क्षेत्रबाट बग्दै आउने भोटेकोशीले उत्तर दक्षिणतिर बग्दै यस जिल्लालाई चिराचिरा पारेका छन् अग्ला र सुन्दर श्रेणी बनाउँदै जुगल हिमश्रृखला पूर्व र पश्चिममा हरबखत झल्किएर उत्तरतर्फ
फैलिएर रहेका छन् । नदीनाला, ताल, पोखरी, छहरा, हावापानी, खनिज प्रसाधान, वनस्पति र जीवजन्तुको दृष्टिले यो जिल्ला सशक्त देखिन्छ । सिन्धुपाल्चोक जिल्लाका तीन निर्वाचन क्षेत्रहरु रहेका छन् । प्रशासनिक दृष्टिले सिन्धुपाल्चोकमा हाल ७९ गाविस र १३ इलाका रहेका छन् । चौतारा, बाह्रबिसे -अरनिको र मेलम्ची गरी तीन प्रस्तावित नगरपालिका छन् । सिन्धुपाल्चोक जिल्ला पूर्वमा जनकपुर अञ्चलका दोलखा र रामेछाप जिल्ला पर्दछन् भने चीनको स्वशासित क्षेत्र तिब्बतसमेत यसै जिल्लाको सिमाना पर्दछ । पश्चिममा बाग्मती अञ्चलको नुवाकोट र रसुवा जिल्लाको लामटाङ वन्यजन्तु आरक्षण केन्द्रका अधिकांश भू-भाग पर्दछन् । उत्तरमा रसुवा र चीनको तिब्बत पर्दछ । दक्षिणमा काभ्रेपलाञ्चोक, काठमाडौं र रामेछाप जिल्ला पर्दछन् । यस जिल्लामा रहेको ठूलो धादिङ गाविस दोलखा, रामेछाप, काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोक गरी ४ जिल्लाको सीमावर्ति गाविस हो ।(सन्दर्भ सामाग्रीः सभार गरियको )
0 प्रतिक्रियाहरु:
Post a Comment