Sep 8, 2009

Sep 7, 2009

Written by Nistha Tiwari
मानिसले जन्म लिन्छ सुख र दुःख बोकेर
सुख र दुःखमा हुर्किन्छ जीवन चुलबुल गरेर
उसले खुसी र पिडा पाउंछ आफन्त र परिवारले दिएर
तर कहिले कांही भनॆ पाउंछ आफुखुसीमा िहंडेर ।
मानिसले सोच्छ -धनले नै सुखी भईन्छ
जोसँग सम्पति छैन उसैलाई दुखी ठानिन्छ
तर वास्तवमा यसमा सत्यता हुँदैन
सम्पति त खाली हातको मैला मात्रै हो ।
जिन्दगीको क्षणमा हुन्छन् उकाली ओराली
कहिले स्वदेश कहिले विदेश हिड्छन् सुखका लागी
तर जता रहे पनि गरिबलाई कामकै भारी छ
धनीले भने सुखको घुर्की दिन मात्रै जानेको छ ।
सुखको स्वास फेर्नका लागी गरिबी लुकाउन
हिड्दछन् मानिस देश नै छाडी कामको खोजीमा
तिर्नु छ विदेश आउंदाको ऋण उहि डल्ले साहुलाई
तर विदेशमा त सोचेभन्दा फरक रैछ आंफैलाई ।
कामको खोजीमा निस्कदा विदेशका गल्लि गल्लिमा
असहजताको भुंमरीले गर्दा हुन्छ जेलनेल र खरिद बिक्री
स्वदेशबाट सोच्नेले- भन्छन् विदेशमा पैसा फल्ने रुख छ
तर वास्तविकतालाई हेर्यौ भने यहां केवल पसिना मात्र बग्छ ।
आफुसँग सुख छ भन्दैमा मातिएर हिड्नु हुदैन
दुःख भयो भन्दैमा अतालिएर चिन्तित रहनु हुदैन
सुख र दुःख त खाली जीवन बिसाउने चिज मात्रै हो
यी दुई चिजबाट सन्तुष्टी लिनु जिन्दगीको खेल हो ।
 
Design by सुर्य बहादुर खत्री . सम्पूर्ण सर्बधिकार भोईस अफ सिन्धु मा निहित। .