Jul 16, 2009

दुर्घटनमा २ को मृत्‍यु

लामोसाँघु, ३१ असार।
अरनिको राजमार्ग अन्तर्गत लामोसाँघु र खाडीचौर बीचमा पर्ने अक्करमा बुधबार दिउँसो एक मालबाहक भ्यान दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । सो घटनामा सात जना घाइते भएका छन् ।

दुर्घटनामा राम्चे गा.वि.स. का १५ वर्षीय साङ्दोर्जे तामाङ र माङ्खा गा.वि.स. का लक्ष्मण तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ । बाह्रबिसेबाट काठमाडौ आउँदै गरेको बा. १ ख ३९५६ नम्बरको भ्यान दिउँसो साढे २ बजेतिर अक्करमा दुर्घटनामा परेको बताएको छ ।

घाइतेहरुको खाडीचौर स्थित न्यू सदाबहार अस्पतालमा उपचार भईरहेको छ । घाइतेहरुको अवस्था गम्भिर र चिन्ताजनक रहेको अस्पताल स्रोतले जनाएको छ । अरनिको राजमार्गबाट केही मिटर तल खसेको सो भ्यान भीरमा अड्किएको छ । भ्यानका चालक सुब्बा श्रेष्ठ भने फरार भएको प्रहरीले बताएको छ ।


स्वाइनफ्लुबाट ६ हजार मर्ने सम्भावना

स्वाइनफ्लु जीवाणुविरुद्धको प्रतिरोध तथा सुई दिनेजस्ता कदम नचालिएको अवस्थामा ६ हजार मानिसको मृत्यु हुन सक्ने उनले उल्लेख गरे । अस्टे्रलियाले स्वाइनफ्लुविरुद्ध दुई करोड १० लाख सुई अर्डर गरेको र आगामी अक्टोबरभित्र प्रयोगमा आइसक्ने आशा गरेको छ । स्वास्थ्य विभागले हरेक जाडोयाममा दुई हजारदेखि तीन हजार व्यक्तिको फ्लुसँग सम्बन्धित रोगबाट मृत्यु हुने गरेको जनाइएको छ ।

एसिया प्रशान्त क्षेत्रमा सबैभन्दा नराम्रोसँग प्रभावित अस्टे्रलियामा सो संक्रमणबाट २४ जनाको मृत्यु भएको छ । ११ हजार एक सय ९४ व्यक्तिमा यस रोगको जीवाणु भेटिसकिएको छ । बिहीबार न्युजिल्यान्डले स्वाइनफ्लुबाट एक व्यक्तिको मृत्यु भएको पुष्टि गरेको छ ।

सिंहदरबारबाट दर्जनौ कर्मचारी पक्राउ/ देशभरका सरकारी कार्यालय ठप्प

काठमाडौं, साउन १ - तलव सुविधा बृद्धिको माग गर्दै आन्दोलरत कर्मचारीले सिंहदरबार परिसरमा गरेको प्रर्दशनमा बिहीबार प्रहरीले हस्तक्षेप गरी दर्जनौ कर्मचारी गिरफ्तार गरेको छ ।सुरक्षा व्यवस्था र बाक्लो सुरक्षाकर्मीको उपस्थितिमा पनि कर्मचारी प्रदर्शनमा उत्रिएपछि प्रहरीले धरपकड गरेको हो ।नेपाल राष्ट्रिय कर्मचारी महासंघका निजामतितर्फका महासचिव प्रभातप्रसाद शाह सहित एक सय कर्मचारीलाई प्रहरीले नियन्त्रणमा लिएको महासंघले जनाएको छ । महासंघको प्रतिनिधित्व गर्दै शाह वार्तामा सहभागी हुन जादै गर्दा प्रहरीले पक्राउ गरेको महासंघले दाबी गरेको छ । यसअघि बुधबार गृह मन्त्रालयले सिंहदरबाभित्र कुनैपनि विरोध कार्यक्रम नगर्न चेतावनी दिएको थियो ।यसैबीच कर्मचारीहरुले राजधानी लगायत मुलुकभरका जिल्ला प्रशासन कार्यालय घेराउ गरेका छन् । आन्दोलनको नेतृत्व गरेको नेपाल राष्ट्रिय कर्मचारी महासंघ अन्तर्गतका राष्ट्रिय स्वतन्त्र कर्मचारी मिलन केन्द्र, सरकारी तथा संस्थान सवारी चालक एसोसिएसन लगायत आबद्ध कर्मचारीले जिल्लास्थित सरकारी कार्यालय वित्तिय संघसंस्था लगायत प्रशासनिक कार्यालय घेराउ गरेका छन् ।घेराउ मध्यान्ह १२ बजेसम्म जारी रहने उनीहरुले बताएका छन् ।सरकारले वार्ता आह्वान गरेपनि कर्मचारीहरुले आन्दोलन र वार्तालाई सगै लैजाने भन्दै आन्दोलन जारी राखेका हुन् । यता नेपाल निजामति कर्मचारी युनियनले मुलुकभरका सरकारी कार्यालयमा धर्ना दिएको छ ।

ख्यातिका हत्यारा वीरेनक

हत्यापछि कोठामा त्यत्तिकै सुत्न डर लाग्यो । बाहिर निस्केर रक्सी पिएँ । भगवान्को तस्बिर खोजेर सँगै राखेर सुतेँ ।

पैसाको भोक

जुवा खेल्ने लतले मेरो सबै रकम क्यासिनोमा स्वाहा भयो । तर पनि यस्तो बानी रोकिएन । क्यासिनो नेपालमा मात्र एक लाख १२ हजार रुपैयाँ ऋण लिएको थिएँ ।श्रीमती क्यानाडामा छिन् । उनले पनि पैसा पठाउन छाडिन् । त्यसैले पैसा जुटाउने उपायतिर लागे । जेठ ५/६ गते होला दुई छोरीसहित ख्यातिको कोठामा खाना खान गएँ । उनको बुबाले छोरीलाई के पढाउने होला भनेर सल्लाह मागे । कुरै कुरामा पाइलट पढाउने विषयमा कुरा भयो । उनका बुबाले पाइलट पढाउन चाहिने २०/२५ लाख जुटाउन सक्ने कुरा बताए । यो सुनेपछि मैले ख्यातिको अपहरण गरेर उनका बाबुसँग १० लाख असुल्ने योजना बनाएँ ।

एक्लै अपहरण गर्न सक्दिनथेँ । त्यसैले सहयोगी खोज्न थालेँ । यसका लागि मेरिना शाक्य उपयुक्त लाग्यो । र, मैले उनलाई सबै योजना सुनाएँ । त्यस्तै, असार १७ गते मेरिनालाई बोलाएर भ्वाइस अफ ओमेनको बारेमा सबै बताएँ । योजनाअनुसार मेरिना भोउ म्यागेजिनको संवाददाता बनिन् र म कमिटी एड्भाइजर ।मेरिनाले २१ गते ख्यातिलाई फोन गरेर बोलाइन् । ख्यातिले २२ गते पुतलीसडकमा भेट्ने प्रस्ताव गरिन् ।

यसरी भयो हत्या
जेठ २२

बागबजारमा रहेको कोरोना इन्टरनेसनल बि्रजकोर्स गर्दै गरेकी मेरिनालाई भेटेँ । र, चिया खाँदै ख्यातिसँग गर्ने कुरा सिकाएँ । पत्रिकाको नक्कली परिचयपत्र र ख्यातिलाई कोठासम्म ल्याउन पाँच सयको नोट दिएँ । एउटा केटाको बाइकको पछाडि ख्याति आइरहेकी थिइन् । मैले टाढैबाट मेरिनालाई चिनाइदिएँ, त्यही हो ख्याति भनेर ।उनीहरू कोठामा आइपुग्नुअगाडि नै म कोठामा पुगिसकेको थिएँ । दुवैजना कोठामा छिरे । ख्यातिले मलाई चिनिहालिन् । 'अंकल तपाइं पनि यहाँ' भनेर सोधिन् । मैले आफू भोउ पत्रिकाको सल्लाहकार भएको बताएँ ।

मैले एनजिट नामकको औषधिको १० वटा ट्याबलेट पिसेर कफीमा हालेर ठीक पारिसकेको थिएँ । त्यसैले कफी खाने प्रस्ताव गरेँ । कफी पिउने क्रममा ख्यातिलाई तीतो लागेछ । औषधि त घोलिएको रहेनछ । कामै गरेन । फेरि म बाहिर निस्केर स्लाइसको बोतलमा १० वटा एनजिट ट्याबलेट हालेँ ।स्लाइस खाएपछि 'अब इन्टरभ्यू दिऊँ' भन्न थालिन् ख्याति । मैले तयार पारेको प्रश्नपत्र दिएँ । बल्ल औषधिले काम गर्न थाल्यो । ख्याति निद्रा लाग्यो भन्न थालिन् । मैले आराम गर भनेर बेड देखाएँ । उनी सुतिन् ।

मैले उनको हात-खुट्टा बाँधे । मुखमा टेप बाँध्न खोज्दा ख्याति त कराउन पो खोजिन् । डर लाग्यो । चिच्याएको सुनिएमा योजना चौपट हुन सक्थ्यो । त्यसैले उनको टाउकोमा पटक-पटक हानेँ । हातले घाँटी र मुखमा थिचेँ । मेरिना सोफामा बसेर सबै हेरिरहेकी थिइन् । उनी 'न गर न बाबा' भन्दै रोक्न आइन् । मैले हुत्याइदिएँ । ख्याति त चलमल गर्न छाडिन् ।

मेरिना घर जान्छु भन्न थालिन् । मैले जान दिइनँ । यहीँ बस भनेँ । 'कतै ख्याति त मरिन ?' भन्दै झकझक्याएँ । कुनै प्रतिक्रिया आएन । डर लाग्यो । कतै योजना बीचैमा तुहिने त होइन ? उनको नाक र मुखमा हात राखेर सास लिएको छ कि छैन हेरेँ । अँ हँ थिएन । नाडी र छाती छामेँ । मुटुको चालसमेत छैन । ख्यातिको सास गइसकेछ ।मेरिना जान्छु कि जान्छु भनेर ढिपी गर्न थालिन् । मैले उनलाई घटनाबारे कसैलाई नभन्नू, भन्यौ भने आमा, बाबा, भाइ सबैलाई मारिदिन्छु भनेर धम्क्याएँ । उनले कसैलाई भन्दिनँ भनिन् । ११ बजे मैले मोटरसाइकलमा राखेर मेरिनालाई घरसम्म छाडिदिएँ । कोठामा एक्लै बस्न मन लागेन । के-के सोचेँ के-के । फेरि, मेरिनाको घर गएँ र, उनलाई ल्याएँ । उनलाई अमेरिकी दूतावासमा पुर्‍याएँ । पसलबाट प्लास्टिक किनेँ अनि कोठामा आएँ । ख्यातिको सेल-सिम त्यत्तिकै थियो । त्यसलाई आफ्नो मोबाइलमा हालेँ । फोन आयो । मैले 'कौन ख्याति ?' भनेर मोबाइल नै 'अफ' गरेँ ।

लास कसरी तह लगाउने टेन्सन त्यही थियो । मोटरसाइकल झिकेर लास फाल्ने ठाउँ खोज्न हिँडेँ । वनस्थली, स्वयम्भू, डल्लु, क्षेत्रपाटी घुमेँ । यही बीचमा मोबाइल 'अन' गरे । फोन आयो । ख्यातिको दाइ हो भन्यो, कसैले फोनमा । मैले बुबालाई दिनुस् भनेँ । मैले हिन्दीमा 'तुम्हारा बेटी मेरे कब्जेमे है और उसको जिन्दा चाहिए तो १० लाख तयारी रखना' भनेँ । कता जाने ? पुनः कोठामै फर्किएँ । फेरि मेरिनालाई लिन अमेरिकी एम्बेसी गएँ । उनलाई कोठामा ल्याएपछि लास तह लगाउने विषयमा कुरा गरेँ । उनी डराइन् । तन्नामा लास बेरेर कतै लगेर फाल्ने योजना बनाएँ । मेरिनाले सुत्ने कोठाबाट तन्ना ल्याइन् । मैले लास बेरेँ ।लास फाल्न बाहिर निकालेर मोटरसाइकलमा बाँध्न लागेको मात्र थिएँ, घरबेटी आइपुगे । हतार-हतार लास भित्र लगेर राखेर बाहिर हिँडे । बेचैनी बढिरहेको थियो । बालाजु चोकमा पुगेर दुई बोतल हि्वस्की किनेर कोठामा फर्किएँ । टिभी हेर्दै हि्वस्की सिध्याएँ । र, सुतेँ ।

लास गन्हायो
२३ जेठ :
लास हल्का गन्हाउन थालिसकेको थियो । तन्ना र कार्पेटले बेरेर कोठामा त्यत्तिकै राखेको थिएँ । मरेको मान्छेको तौल बढी हुने रहेछ । एक्लै बोक्नै सकिनँ । दोस्रो व्यक्ति कोही थिएन । सोह्रखुट्टे फलफूल चोकमा पुगेर फेरि प्लास्टिक र केही कार्टुनबक्स लिएँ । सामान कोठामा राखेर बाहिर गएँ ।

भगवान्सित सुतेँ
२४ जेठ
सिंगो लास टुक्रयाउने योजना बनाएँ । कोठाबाहिर गएर थप दुईवटा कार्टुन बोकेर आएँ । त्यतिखेर नौ बजिसकेको थियो । भान्छामा गएर मासु काट्ने चुप्पी ल्याएँ । धारिलो थियो चुप्पी । पहिला हातको कुहिनाको ज्याइन्टमा काटेर दुवैहात छुट्याएँ । अनि कुमबाट काटेर चार 'पिस' बनाएँ । घुँडा र फिलाको ज्वाइन्टमा काटेर खुट्टा पनि छुट्याएँ । अनि प्लास्टिकमा बेरेर गन्हाउने डरले फ्रिजमा राखेँ । शरीरका बाँकी भागलाई पनि प्लास्टिक र कार्पेर्टले बेरेर राखेँ । धुप बालेँ । अत्तर हालेँ । पंखा चलाएँ ।चार बजेतिर मेरिनालाई लिन बबरमहल गएँ । स्कुलमा गएर छोरीहरू लिएर उनीहरूको मामाघरमा लगेर छाडिदिएँ ।यो हुँदै गर्दा, ख्यातिका परिवारसँग मोबाइलमा कुरा भइरहेको थियो । एसएमएसमार्फत उनीहरूसँग १० लाख मागिरहेको थिएँ । तर, उनीहरू यत्रो पैसा छैन भन्दै थिए । कोठामा त्यत्तिकै सुत्न डर लाग्यो । बाहिर निस्केर रक्सी पिएँ । भगवान्को तस्बिर खोजेर सँगै राखेर सुतेँ ।

लास धोएँ पनि
२५ जेठ
बिहान उठेर चिया बनाएर खाएँ । पैसा थिएन साथमा । कोठामा लास थियो । यसो हेरेको ख्यातिको औँलामा सुनको औँठी रहेछ । बालाजुमा रहेको एक सुन पसलमा गएर पैसा भएन यो आैठी राखेर केही पैसा दिनुस् भनेर पच्चीस सय बोकेर आएँ ।बागबजार गएर मेरिनालाई लिएर कोठामा आएँ । लास बैठक कोठामा थियो । लास अरू गन्हाउन थाल्यो । लासको गन्ध भगाउन धुप बालेर पंखा चलाइदिएँ । लासलाई धोयो भने गन्हाउँदैन कि भनेर टाउकोसहितको जिउलाई ट्वाइलेटमा लगेर साबुन-पानीले धोएँ । कोठामा पानी थिएन । त्यसैले लास धुन मेरिनाले बाहिर पम्पबाट पानी ल्याइन् । चक्कुले टाउको छुट्याएर प्याक गर्न थालेँ । मेरिनाले प्लास्टिक समातेर सहयोग गरेकी थिइन् । टाउको साबुन-पानीले पखालेर प्लास्टिकले बेरेर फ्रिजमा हालेँ । अनि जिउलाई कार्पेटले बेरेर राखेँ । मेरिनालाई घरमा लगेर छाडिदिएँ ।

यसरी फालियो शव
२६ जेठ
बिहानै चार बजेतिरै निद्रा खुल्यो । लास गन्हाइरहेको थियो । आज त जसरी पनि लास तह लगाउनु थियो नै । नत्र लास गन्हाएर अरूले थाहा पाउने डर बढिरहेको थियो । आज जसरी पनि लास फाल्छु भनेर ट्याक्सी खोज्न निस्किएँ ।सोह्रखुट्टेमा ट्याक्सी फेला पारेँ । कोठामा सामान छ भनेर ड्राइभरलाई कोठाबाहिरसम्म ल्याएर लास राखेको बोरा बोकेर बाहिर आएँ । त्यसवेला बिहानको ६ बजेको थियो होला । बोरा ट्याक्सीको पछाडिको सिटमा राखेर म ड्राइभरसँगै बसँे । कहाँ जाने पत्तो थिएन । विष्णुमती खोलानजिक, कालीमाटी हुँदै बल्खु निस्किएँ । नख्खु भैंसेपाटी हुदै कार्यविनायकतिर गएँ । कार्यविनायक पुग्नुअगाडि नै ट्याक्सीबाट ओर्लिएँ । अनि डिलमा गएर उभिएँ । यसो हेरेको खोंच रहेछ । लास फाल्न त्यही ठाउँ सुरक्षित हुन्छजस्तो लाग्यो अनि डिलमा पुगेर बोरा झुन्ड्याउन बाँधेको डोरी फुकाई गिँड डिलबाट खसाले ।

मनमा बेचैनी बढिरहेको थियो । त्यसैले विनायकको मन्दिर गएर गणेश भगवान्को दर्शन गरे । मिनीबस चढेर कोठामा आएँ । गिंड त तह लाग्यो । हात-खुट्टा र टाउको के गर्ने होला ? फ्रिजमा राखे पनि गन्ध आइरहेको थियो । हात-खुट्टाको टुक्रालाई झिकेर ट्वाइलेटमा लगेर साबुनपानीले धोएँ, अनि कपडाले राम्ररी पुछेर अर्को प्लास्टिकमा पोको पारेर काटुर्नमा हालेँ ।कतै गन्हाउला कि भनेर कार्टुनमा राख्नुअगाडि कार्टुनभित्र प्लास्टिक राखेर सेन्ट छरे । हातखुट्टा र टाउको छुट्टाछुट्टै कार्टुनमा हालेर कार्टुनटेप लगाएर प्याक गरे । कार्टुन झुन्ड्याउन मिल्नेगरी डोरी बाँधेको थिएँ । आज त जसरी पनि फाल्नैपर्छ । त्यसैले कार्टुन बोकेर हिँडेँ म । कलंकी आइपुगे । त्यसवेला माओवादीले १० बजेदेखि १२ बजेसम्म चक्काजाम गरेको थियो । त्यसैले हतार-हतार नारायणघाट जाने माइक्रो चढँे । हातखुट्टा भएको कार्टुन माइक्रोको छतमा राखेँ ।

कहाँ पुगेर ओर्लिने पत्तो थिएन । माइक्रोको झ्यालबाट बाहिर हेर्दै हिँडे । मुग्लिनबाट केही तल ओर्लिएँ । म ओर्लिएको स्थान मुग्लिनदेखि २० किलोमिटर पर होला । सडकको छेउमा गएँ । कार्टुन खोलातिरको झ्याङमा फालिदिएँ ।अब काठमाडौं र्फकनैपर्‍यो । एउटा मोटरसाइकल आइरहेको रहेछ । रोकेर लिप\mट मागेँ । र, मुग्लिनसम्म आएँ । पोखरातिरबाट आएको माइक्रो चढेर काठमाडौं आएँ । ख्यातिको परिवारलाई एसएमएस गरेर पैसा मागेँ ।

फिरौतीको लोभ
२७ जेठ
आज जसरी पनि टाउको फाल्नु थियो । प्लास्टिकमा पोको पारेर कार्टुनमा राखेर चामलको बोरामा टाउको हालेँ । कार्टुन बोकेर बालाजु बसपार्क पुगँे । रानीपौवा जाने गाडीमा चढेर मुड्कु चौकीनजिकै गाडीबाट ओर्लिएँ । मुड्कु चौकी नपुग्दै सडक-किनारदेखि तल जंगलमा बोराबाट टाउको निकालेर प\mयाँकिदिएँ ।धेरै राहत महसुस भयो । सबै लास फालियो । हल्का महसुस गर्दै कोठामा फर्किएँ । लास काट्न प्रयोग गरेको चुप्पीमा बोसो नगएकाले ग्यास गिजरको तातोपानीले चक्कु धोएँ । ख्यातिको जिउको बाँकी रहेको टुक्रा कपडा प्लास्टिकमा पोको पारी विजेश्वरी खोलामा लगी फ्याँकिदिएँ । ख्यातिको परिवारलाई एसएमएस गरेर पैसा माग्ने क्रम जारी थियो ।

व्यवस्थापन सकिएपछि
२८ जेठ
लास व्यवस्थापनको काम सकिएपछि ढुक्क भएर ख्यातिको परिवारसँग पैसा उठाउनतिर लागे । कहिले फोन गथें, कहिले एसएमएस । प्रायः हिन्दीमा कुराकानी गर्थें म । 'लडकी जिन्दा चाहिए तो पैसा दो' भन्थेँ । तर, कुरा मिलिरहेको थिएन ।

पक्राउ परिने डर थियो
२९ जेठ
एकै ठाउँमा बसेर फोन र एसएमएस गर्दा पक्राउ परिने डर बढ्यो । ठाउँ 'चेन्ज' गरी-गरी फोन र एसएमएस गरेँ । फिरौतीका लागि कुरा मिल्यो । उनीहरू दस लाख दिन तयार भए । तर, अब रकम कसरी लिने ? आफैँ लिन जाऊँ भने चिनिहाल्छन् । अर्को कोही थिएन । उनीहरूसँग कहिले भैरहवा र कहिले सुनौलीमा पैसा लिने कुरा गरे । पछि काँकडभिट्टामा पैसा लिने कुरामा सहमति भयो ।

सुरु भयो नाटक
३० जेठ
काँकडभिट्टामा रकम लिन जानुअगाडि अर्को नाटक रचेँ । ख्यातिको घरमा फोन गरेर आफ्नो एकजना आफन्तको छोरी पनि अपहरणमा परेको र सोही समूहले ख्यातिको अपहरण गरेको नाटक गरेर अपहरणकारीले 'तपाइंहरूको नम्बर दिएर ख्यातिका लागि तिर्ने फिरौती सँगै लिएर आउनू भनेको छ' भने । मैले आफ्नो नाम राजेन्द्र मानन्धर भएको बताएँ ।फेरि नाम फेरेर प्रमोद सिंह बनेँ । अनि ख्यातिलाई पुतलीसडकमा पुर्‍याउन आउने बिक्कीलाई काँकडभिट्टा पठाउनू भनेँ । मृतकका एक आफन्त एक्लै काँकडभिट्टा गएछन् । मैले पक्राउ परिने डरले रकम ल्याउँदा कुनै पनि बैंकको ट्याग नभएको र सिरियल नम्बर नमिलेको पैसा ल्याउनू भनेको थिएँ ।ती आफन्त रात्रिबस चढेर काँकडभिट्टा लागेपछि राजेन्द्र मानन्धर बनेर मैले फोन गरी 'भाइ म राजेन्द्र मानन्धर बोलेको, तपाइंको नम्बर मलाई प्रमोद सिंहले दिएको हो । उसले तपाईं र म काँकडभिट्टामा सँगै बस्नू भनेको छ' भनेँ ।

असफल पहिलो प्रयास
३१ जेठ
ती आफन्त बिहान काँकडभिट्टा पुगेछन् । उनले मलाई एसएमएस गरेर आफू आसाम होटलमा बसेको बताए । मैले काठमाडौंमा मेरिनालाई पहिला नै तीनवटा एसएमएस लेखेर छाडेको थिएँ । उनले मेरो योजनाअनुसार नै ती आफन्तको मोबाइलमा काठमाडौंबाट एसएमएस पठाइदिइन् ।मैले आसाम होटलनजिकैको एक पसलमा बसेर कोक खाएँ । त्यहीँबाट राजेन्द्र बनेर आसाम होटलमा बसेका ख्यातिका आफन्तलाई फोन गरेर सिलिगुढी बोलाएँ । ती आफन्तको हुलिया कस्तो छ, मलाई थाहा थिएन । होटलमा सोधखोज गर्दा पनि थाहा भएन । रेस्टुरेन्टमा बसेको एक व्यक्ति ख्यातिका आफन्त हुन् कि जस्तो लागेकाले उनको नजिक गएर घर सोधेँ । उसले आफ्नो घर काँकडभिट्टा बतायो ।

मसँग भारतीय सिम थियो । त्यसैबाट फोन गरेर राजेन्द्रको नाम लिएर ती आफन्तलाई 'डिलका लागि सिलिगुढी हुँदै दार्जिलिङ जानुपर्ने भयो' भने । मैले आसाम होटलमा आएर खोज्दा भेट भएन पनि भनेँ । उसले त ख्यातिको मोबाइलबाट प्रमोद सिंहले फोन नगरेसम्म आफू कतै नजाने बताए । मैले प्रमोद सिंहले भनेकाले म आएको भनेँ, तर उसले पत्याएन । पब्लिकबुथबाट काठमाडौंमा फोन गरेर प्रमोद बन्दै तपाईंको मान्छेलाई राजेन्द्रले जे भन्छ त्यही मान्नू भने । तर, ती आफन्त डराएछन् । उनी काँकडभिट्टाबाट विराटनगर हुँदै काठमाडौं भागे । योजना असफल भयो । म पनि बेलुकातिर नाइटबसमा काठमाडौं आएँ ।

बाटोमा भेटिए सहयोगी
१ असार
नौ बजेतिर नागढुंगा आइपुगेँ । उपत्यका बन्द पो रहेछ । अब हिँड्नुको विकल्प थिएन । बाटोमा हिँड्दै आउँदा प्रकाश गुरुङ नामको अन्दाजी २५ वर्षको व्यक्तिसँग चिनजान भयो । ऊ भारत खर्साङनिवासी रहेछ । मैले उसलाई फिरौती उठाउने काममा लगाउने योजना बनाएँ । मेरो एउटा सुटकेस रिसिभ गरिदिएबापत ५० हजार दिन्छु भनेको ऊ तत्काल सहमत भयो ।मेरिनासँग भेट नभएको धेरै भएको थियो । त्यसैले मध्याह्नतिर वनस्थलीनजिक ढुंगेधारामा उनलाई बोलाएँ । उनीसँग ख्यातिको सिमकार्ड थियो । त्यो लिएँ । आठ बजेतिर ख्यातिको सिम प्रयोग गरेर उनका आफन्तलाई फोन गरेँ र, ३ गते काँकडभिट्टामा आउनू भनेँ । कतै नआउने पो हुन् कि जस्तो लागेर- यो अन्तिम अवसर हो यसपटक गडबड भयो भने अर्को चान्स दिन्नँ भनेर धम्क्याएँ ।

काठमाडौं टु सिलिगुढी
२ असार
एक बजेतिर प्रकाशसँग भेट गरेँ । उसलाई भेटेर पैसा लिनेबारे सम्झाएँ । ख्यातिको आमालाई फोन गरेँ र, घरमा काम गर्ने केटा 'राम'लाई लिएर आउनू भने । अनि प्रकाशलाई लिएर पाँच बजेको टिकट काटेर काँकडभिट्टा हिँड्यौँ । उनीहरू पनि बेलुका नै बस चढेर काँकडभिट्टा हिँडेको जानकारी पाएँ ।

डिल फाइनल
३ असार
ख्यातिको आमा र राम बिहान काँकडभिट्टा पुगेर उही आसाम लजमा बसेका रहेछन् । हामी १० बजेतिर पुग्यौँ । प्रकाशलाई सुब्बा होटलमा राखेँ । म लुम्बिनी होटलमा बसेँ । आसाम होटलमा ख्यातिकी आमा छन् कि छैनन् भनेर बुझ्न गएँ । होटल पुगेको एक/डेढ घन्टापछि ख्यातिकी आमा चिया खान तल ओर्लिइन् । ख्यातिकी आमा टेबुलमा बसिरहेकी थिइन् । चिन्लान् कि भनेर मैले कालोटोपी र चस्मा लगाएको थिएँ । मैले घोप्टो परेर चाउमिन मागे । होटलमा चाउमिन छैन भनेपछि म बाहिरिएँ । केही समयपछि ख्यातिको मोबाइलबाट उनकोे आमालाई फोन गरेर हिन्दीमा किन बाहिर निस्केको भने । उनले म कोठामै छु भनिन् । ठीक छ खाना खाए हुन्छ भनेँ । मलाई होटलवरिपरि पुलिसहरू छन् कि जस्तो शंका लागेर होटल परिवर्तन गर्न भनेँ ।

ख्यातिकी आमाले अर्को होटलमा गएर फोन गरिन् । मैले सिलिगुढीमा आएर पैसा दिनू भने । मैले काम गर्ने केटालाई लजमा छाडेर एक्लै आउनू भने । १२ बजेतिर आमा पैसा लिएर एक्लै हिँडिन् । म पुग्नुअगाडि नै आमा हिँडिसकिछन् । मैले फोन गरेर किन नबसेको, काठमाडौं जानुस् उतै डिल हुन्छ भने ।ख्यातिको फोनबाट काठमाडांैमा रहेका ख्यातिका आफन्तलाई फोन गरेर दिउँसो तीन बजेतिर रामलाई काँकडभिट्टाको बसपार्क पठाउन भने । राम लजबाट बाहिर निस्केर सडकमा हिँडिरहेको थियो । मैले प्रकाशलाई फोन गरेर अप्सरा होटलमा बस्नू भने । हात हल्लाएर बोलाएँ र रामलाई लिएर सिलगुढी हिँडेँ ।

रामले डराएर मलाई नै पैसा दियो । राखभन्दा मानेन । अनि उसलाई लिएर सिलिगुढीतिर गएँ । सिलिगुढीको अप्सरा होटलमा प्रकाश बसेको थियो । ऊ बाहिर निस्केर पैसा लियो । त्यहाँ १५ मिनेट बसेपछि राम डरायो । ऊ काँकडभिट्टा जान्छु भनेर हिँड्यो । मेडिकल चोक आइपुगेपछि ऊ बेपत्ता भयो । म पनि काँकडभिट्टा फर्किएर लुम्बिनी होटलमा बसँे । ख्यातिकी आमालाई फोन गरेर पानीट्यांकीमा छोरी लिन बोलाएँ । तर, म गइनँ । उनी आएर दुई घन्टाजति बसेर हिँडिछन् ।

यसरी बाडियो फिरौती
४ असार
बिहानै ख्यातिकी आमाले फोन गरेर छोरी र राम खोइ भनेर सोधिन् । मैले दुवैजना मसँगै छन् भने । मेरी छोरी कहिले आउँछे भनेर सोध्दै थिइन् । मैले भोलि बिहान छाडिदिन्छु भनेँ र, विराटनगरको एयरपोर्टमा छोरी लिन आउनू भनेँ ।बिहानै प्रकाशलाई भेटे । उसले पैसा माग्यो । मैले अझै काम भएको छैन, त्यो काम गर्ने केटालाई खोज भने । ऊ रिक्सामा चढेर काम गर्ने केटालाई खोज्न गयो । तर, राम भेटिएन । उसले पटक-पटक पैसा मागेपछि ५० हजार दिएँ । पाँच बजेतिर काँकडभिट्टाबाट काठमाडौं आउने बसमा नाम फेरेर रामशरण मानन्धर र ठेगाना वीरगन्ज लेखाएर टिकट काटँे ।

झुक्याइरहेँ परिवारलाई
५ असार
बिहानै ख्यातिकी आमाले आफू एयरपोर्टमा छु भनेर फोन गरिन् । बाटोमा गाडी बिगि्रएकाले ढिलो हुने भयो, भारतीय नम्बर प्लेटको गाडीमा आइरहेका छौँ भनेर ढाँटेँ । मैले नाम ढाँटेर प्रमोद सिंह भन्दै एयरपोर्ट आइपुग्न तीन घन्टाजति लाग्ने एसएमएस पठाएँ । एक बजेतिर काठमाडौं आइपुगेँ । कोठामा पुगेर नुहाएँ । कोठाको ल्यान्डलाइन फोनबाट सोल्टी क्यासिनोको कर्मचारीलाई बालाजु चोकमा पैसा लिन आउनू भनँे । ख्यातिको परिवारसँग लिएको रकमबाट ९४ हजार ऋण तिरेँ ।

यसरी पर्‍यो फन्दामा
६ असार
बिहानै उठेर पशुपतिनाथ दर्शन गर्न गएँ । छोरीले इकु फिल्म हेर्नुपर्‍यो भनिरहेकी थिई । पशुपति दर्शन सकेर फिल्मको टिकट लिन गोपीकृष्ण हलमा गएर इकुको दुईवटा टिकट काटे । टिकट बोकेर म ससुराली गएँ । त्यस्तै, साढे नौ बजेतिर सोह्रखुट्टेमा रहेको पान पसलमा पान खान गएँ । पान खाएर फर्कंदै थिएँ, ट्राफिक प्रहरीले रोक्यो र लाइसेन्स माग्यो । मैले लाइसेन्स झिकेर देखाउनासाथ केही व्यक्तिले पक्राउ गरे । ती प्रहरी रहेछन् ।
(भियुक्त वीरेनले प्रहरीसमक्ष दिएको बयानको आधारमा यो डायरी तयार पारिएको हो ।)

सामाजिक अव्यवस्थाको यो रूप

सरकारले मुलुकबाट दासप्रथा उन्मूलनको घोषणा गरिसकेको छ । तर, राजधानीसँगै जोडिएको सिन्धुपाल्चोकको मार्मिङ गाविसमा यो प्रथा कायमै रहेछ । त्यहाँ कथित माथिल्लो जाति र टाठाबाठा भनाउँदाहरूले विपन्न र दलित समुदायलाई दासत्व स्वीकार्न बाध्य पारेका छन् ।

जग्गा कमाएको, खाद्यान्न किनेको, ऋण लिएको नाममा बिनापारिश्रमिक उनीहरूलाई काममा लगाएर विपन्न र दलित समुदायमाथि शोषण गरिएको छ । भोक, थकाइ, बिमार नभनी परिवारको गुजाराका लागि ती समुदाय ँसाहु

भनाउँदा स्थानीय ब्राह्मण, क्षेत्री र शेर्पाको काम बिनापारिश्रमिक गर्न विवश छन् । ऋण तिर्न नसक्दा केही परिवारले छोराछोरीलाई 'ऋण बँधुवासमेत राखेका छन् । सम्पत्तिको नाममा ओतलाग्ने थोरै ठाउँबाहेक केही नभएका उनीहरूलाई कथित ठालुहरूले गरेको यो चरम शोषणले दासप्रथा अन्त्यको घोषणालाई चुनौती दिएको छ । देशका अन्य भागमा पनि यस्तो अवस्था छ ।

दासप्रथा मुलुकमा विद्यमान रहनु दुर्भाग्य हो । देशमा लोकतन्त्र आइसकेको छ । त्यहाँका जनताले अझै परिवर्तनको महसुस गर्न पाएका छैनन् । आमनागरिकको पीडा र दासत्व अन्त्य गर्नु राज्यको दायित्व हो । तर, मार्मिङका बासिन्दाले राज्यले जनताका पीडा अन्त्य गर्छ भन्ने अनुभूति गर्नसमेत पाएका छैनन् । उनीहरूको अवस्थाबारे सिंहदरबार र संविधानसभा हलमा बसेका जनप्रतिनिधिहरू बेखबर छन् । वर्गीय उत्थान र दासत्व मुक्तिका लागि मुलुकमा पटक-पटक आन्दोलन भयो । राणाकालमै दासप्रथा उन्मूलन भयो भनिएको हो । यसबीचमा कयौं सरकार परिवर्तन र राजनीतिक परिवर्तन भए । तर, हिमाली क्षेत्रका ती बासिन्दाले जीवनगुजाराकै लागि कमाराकमारी बस्नुपर्ने पीडा अझै हटेको छैन ।

२१औं शताब्दीमा पनि यो प्रथा कायम रहनुलाई पूर्वघोषणा वा प्रतिबद्धताको उपहास त हो नै, सामन्ती राज्य-व्यवस्थाले हुर्काएको असामाजिक परम्परा तोड्नैपर्ने दायित्वप्रति राज्य र चेतनशील नागरिक तप्काको असफलतासमेत हो यो । यसले राज्यको पहुँच सीमित क्षेत्रमा मात्र छ, अधिकारवादीहरू पनि सहरी क्षेत्रमा मात्रै केन्दि्रत छन्, सामाजिक परिवर्तनको अभियान सबैतिर पुग्न सकेको छैन भन्ने यथार्थलाई चित्रण गरेको छ ।

नेपालले मानवअधिकार र मानवीय भेदभावविरुद्धका थुपै्र अन्तर्राष्ट्रिय महासन्धि-अभिसन्धिमा हस्ताक्षर गरेको छ । हस्ताक्षर गर्ने तर, कार्यान्वयनतर्फ आवश्यक पहल नलिने गलत संस्कारकै कारण मार्मिङका विपन्न समुदाय अझैसम्म यस्तो अवस्था भोग्न विवश छन् । देशमा आएको परिवर्तनले उनीहरूलाई सामान्य प्रभावसम्म पार्न सकेको छैन । देशका विभिन्न भागमा विद्यमान जमिनदारी, कमारा-कमारी, कमलरीजस्ता दासत्वप्रथा उन्मूलनलाई कार्यान्वयन तहमा खरो रूपमा उतार्न जरुरी छ । मुलुकको राजनीतिक मात्र होइन, आर्थिक, सामाजिकरूपले समेत नयाँ रेखा कोर्न लागिएको अहिलेको अवस्थामा यी विषयलाई बेवास्ता गर्ने हो भने नयाँ नेपालको कल्पना मिथक सावित हुन सक्छ ।

सिन्धुपाल्चोक जिल्ला को बारेमा


सिन्धुपाल्चोक जिल्ला मध्यमाञ्चल विकास क्षेत्रभित्र पर्ने बागमती अञ्चलको ८ जिल्ला मध्येको च्च पहाडि जिल्ला हो । जुगल हिमालको काखमा रहेको यो जिल्लाको नामाकरण सिन्धु र पाल्चोक नामक दुई प्रसिद्ध थुमको संयुक्त नामबाट रहेको जनविश्वास छ । बागमती अञ्चलको आठ जिल्लामध्ये यो जिल्ला क्षेत्रफलका दृष्टिले सबैभन्दा ठूलो जिल्लाको रुपमा रहेको छ । यस जिल्लाको क्षेत्रफल २५२८ वर्गकिलोमिटर रहेको छ ।यो जिल्ला भौगोलिक दृष्टिकोणले पूर्वी देशान्तर ८५.२६ डिग्री देखि ८६.६ डिग्री उत्तरी आक्षशं २७.३६ डिग्री देखि २८.१३ डिग्री का बीचमा रहेको छ । यस जिल्लाको भौगोलिक स्थिति एकैनासको छैन । यस जिल्लाको प्रायः सम्पूर्ण भाग नै पहाड, पर्वत र हिमाली श्रृखलाले ढाकिएको छ । जिल्लाका स्थानीय लेसम, बलेफी इन्द्रावती, रिपार, मेलम्ची आदि अविरल बगिरहने नदी र तिब्बती क्षेत्रबाट बग्दै आउने भोटेकोशीले उत्तर दक्षिणतिर बग्दै यस जिल्लालाई चिराचिरा पारेका छन् अग्ला र सुन्दर श्रेणी बनाउँदै जुगल हिमश्रृखला पूर्व र पश्चिममा हरबखत झल्किएर उत्तरतर्फ फैलिएर रहेका छन् । नदीनाला, ताल, पोखरी, छहरा, हावापानी, खनिज प्रसाधान, वनस्पति र जीवजन्तुको दृष्टिले यो जिल्ला सशक्त देखिन्छ । सिन्धुपाल्चोक जिल्लाका तीन निर्वाचन क्षेत्रहरु रहेका छन् । प्रशासनिक दृष्टिले सिन्धुपाल्चोकमा हाल ७९ गाविस र १३ इलाका रहेका छन् । चौतारा, बाह्रबिसे -अरनिको र मेलम्ची गरी तीन प्रस्तावित नगरपालिका छन् । सिन्धुपाल्चोक जिल्ला पूर्वमा जनकपुर अञ्चलका दोलखा र रामेछाप जिल्ला पर्दछन् भने चीनको स्वशासित क्षेत्र तिब्बतसमेत यसै जिल्लाको सिमाना पर्दछ । पश्चिममा बाग्मती अञ्चलको नुवाकोट र रसुवा जिल्लाको लामटाङ वन्यजन्तु आरक्षण केन्द्रका अधिकांश भू-भाग पर्दछन् । उत्तरमा रसुवा र चीनको तिब्बत पर्दछ । दक्षिणमा काभ्रेपलाञ्चोक, काठमाडौं र रामेछाप जिल्ला पर्दछन् । यस जिल्लामा रहेको ठूलो धादिङ गाविस दोलखा, रामेछाप, काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोक गरी ४ जिल्लाको सीमावर्ति गाविस हो ।

(सन्दर्भ सामाग्रीः सभार गरियको )

म बिक्रीमा छु {-राधेश्याम लेकाली}

मेरो जोस, जाँगर र रहरहरू बिक्रीमा छन्
मेरो आँखा, कान र मुख सबै बिक्रीमा छन्
छौ कोही किनेर मेरा खुट्टाहरूले हिंड्न चाहनेहरू
आऊ यी पनि बिक्रीमा छन्
सबै सोकेसमा सजिएको सामानझैँ बिक्रीमा छन् ।

मेरो योजना, प्रतिवद्धता र दृढताहरू बिक्रीमा छन्
मेरो कलम, शब्द र भावनाहरू सबै बिक्रीमा छन्
छौ कोही किनेर मेरा उमङ्गहरूले रमाउन चाहनेहरू
आऊ यी पनि बिक्रीमा छन्
सबै सोकेसमा सजिएको सामानझैँ बिक्रीमा छन् ।

मेरो विवेक, चाहना र दृष्टिकोणहरू बिक्रीमा छन्
मेरो सिर्जना, दर्शन र इतिहासहरू सबै बिक्रीमा छन्
छौ कोही किनेर मेरा सपनाहरूले रमाउन चाहनेहरू
आऊ यी पनि बिक्रीमा छन्
सबै सोकेसमा सजिएको सामानझैँ बिक्रीमा छन् ।

मेरो आत्मा, चिता र श्रद्धाहरू बिक्रीमा छन्
मेरो मोह, त्याग र बलिदानहरू सबै बिक्रीमा छन्
छौ कोही किनेर मेरा सैयौं मृत्युहरूमा रमाउनेहरू
आऊ यी पनि बिक्रीमा छन्
सबै सोकेसमा सजिएको सामानझैँ बिक्रीमा छन् ।

***************************************

भेरीको किनारमा{- राजेश्वर कार्की}


भेरीको किनारमा
म रुंदारुंदै थाकेछु भने
मलाई सम्हालेर
किनाराकै छेउको बगरमा राखिदिनू' भेरीको पानी र जिन्दगी निरन्तर बगिरहेछ'
कतै भेरी पनि बग्दाबग्दै थाकेछ भने
मलाई भेरीको किनारबाट उठाएर
मेरो आंसुको नदीमा बगाइदिनू
भेरीको किनारमा
म रुंदारुंदै कतै थाकेछु भने'

कतै मन लुकाउने ठाउं नभएर भाग्दाभाग्दै
मनहरूबाटै धेरै टाढा भागिएछ भने
मलाई बाटैबाट र्फकाएर ल्याउनू
र भेरीको किनारमा लमतन्न सुताइदिनू
जसमा टेकेर
धेरैले आफ्नो गन्तव्य पूरा गर्नेछन्
भेरीको किनारमा
म रुंदारुंदै कतै थाकेछु भने' ।




हनिमुनको पहिलोदिन ।
प्रेमी: सरिता
प्रेमिका: हजुर ।
प्रेम: आजको म तिमीलाई एउटा कुरो सोधौँ ?
प्रेमिका: सोधन ।
उनीः के साँच्चै तिम्रो जिवनमा आएको म नै पहिलो पुरुष हुँ ?
प्रेमिका: हो नि । म पनि एउटा कुरो सोधौँ ?
प्रेमी: सोध न ।
प्रेमिका: किन सबैजना मलाई यही प्रश्न सोध्छन् जहिलेपनि डार्लिग् ?

******************************

किशुनजीको प्रेम

किशुनजी, अर्थात उही हाम्रो कृष्णप्रसाद भट्टराईँजी उहिले अन्तरिम सरकारको प्रधानमन्त्री
भएपछि देश दौडाहामा निस्कनु भयो । पहिलो चरणको यात्रा अन्र्तगत उहाँ पाल्पा र झापाको
भ्रमण मण सकेर राजधानी र्फकनु भयो । यसै बिषयमा कुरा गर्न प्रधानमन्त्री निवासमा पत्रकार
सम्मेलनको आयोजना गरियो:
पत्रकारः???? किशूनजी, तपाईँलाई पाल्पालीको संस्कार मन पर्यो कि झापालीको ?
किशुनजीः ?ब…चाइने, मलाई न पाल्पाली मन पर्यो, न त झापाली । मलाई त,
????????????????? कपाली बाहेक कोही पनि मन परेन !

******************************

माधव कमरेडको सपना?

माधव नेपालजी हालै कोरियाको भ्रमण सकेर पश्चिमा मूलुक अमेरिका पुगेर र्फकनु भयो ।
एमाले पार्टी कार्यालयमा यसै बिषयमा वामदेव गौतमसँग छलफल हुँदैथियोः
वामदेवः कमरेड, पश्चिमको कल्चर राम्रो कि हाम्रो पुविर्य कल्चर राम्रो ?
माधवः न पश्चिमा कल्चर न त पुर्विय कल्चर,म त रौतहटको मान्छे…मेरा लागी त?मध्य?कल्चरमात्रै राम्रो !

******************************

गिरिजाबाबुको अहंकार

चौथो पटक प्रम बनेपछि गिरिजाबाबु, जापान घुमेर चाइना हुँदै नेपाल फर्किनु भयो ।
रिपोर्टर क्लबमा सिसि धमलाले सोधिहालेः
धमला:??????? ??गिरिजाबाबु, जापानीज असल कि चाइनिज असल ?
गिरिजाबाबुः: हेर्नोच्, न जापानिज, न त चाइनिज ….निज (स्वयम्) बाहेक
??????????????????? कोही पनि असल छैनन् !

******************************

परेवासँग प्रेम
राम र कृष्ण हनुमान ढोका घुम्दैथिए । त्यसैबेला कृष्ण एकोहोरिएर कतै हेर्न थाल्यो ।
रामः ए कृष्ण, एकोहोरो भएर के हेरिरहेको छस् ?
दरबारको दलिनमा प्रेममा मग्न एकजोडी परेवातिर संकेत गर्दै:
कृष्णःहे भगवान, मैले पनि यसैगरी मायाँ गर्न पाए……….।
रामः तिम्रो घरमा पनि त परेवा छन् नि, जाउ न गर ।

******************************

गिरिजाबाबुको टाइम
गिरिजाबाबु जुनसुकै कुरो पनि सयम आएपछि बताउछु भन्छन्, तर कहिल्यै बताउँदैनन् । अति भएपछि मैले सोधेँ: गिरिजाबाबु, दरबार हत्याकाण्डको रहस्य सयम आएपछि बताउँछु भन्नुहुन्थ्यो, समयचाहीँ कहिले आउँछ ?
गिरिजाबाबुः हिमाल १ गते र पन्ध्र गते, नेपाल आइतबार हो क्यार… समयचाहीँ शुक्रबार !!

******************************



एउटा नयाँ सहर : आकाशमाथिको शहर

शिव प्रकाश

साहित्य के हो भन्ने विषयमा विभिन्न धारण, मतमतान्तर भएता पनि जीवन र जगतका भोगाइहरु विभिन्न रस र सौर्न्दर्यका रुपमा अन्तष्करणबाट अभिब्यक्त हुने कलात्मक भावुक विचार नै साहित्य हो भन्ने मलाई लाग्दछ । साहित्यका वारेमा धारण वा साहित्यको परिभाषा जे भएता पनि साहित्यको सृजना कसरी हुन्छ ? यो अर्को गहन प्रश्न छ ! तर यसको सजिलै उत्तर दिएकी छिन् कवियत्री भारती गौतमले आकाशमाथिको शहरमा यसरी -

बगैंचाको शीत बनी म रोएको बेला
चराको संगीत बनी म रमाएको बेला
खडेरीको अनिकाल बनी म डराएको बेला
वसन्तको पालुवा बनी म पलाएको बेला
मेरो कविताले मलाई सधैं साथ दिने गर्छ ।

हो, एउटा कवि मनलाई, कवि चेतनालाई, कवि भावनालाई राम्रोनराम्रो, मीठोनमीठो, खुशीबेशुसी र सुखदुःख जुनसुकै बेलामा पनि कविताले साथ दिन्छ । कथाले साथ दिन्छ । समग्रमा साहित्यले साथ दिन्छ । अझ त्यसलाई संक्षेपमा भन्ने हो भने लेखनले साथ दिन्छ । अनि त्यस्तो लेखन नै वास्तवमा साहित्य हुन्छ । कवियत्री गौतमको जस्तो विशुद्ध साहित्य !

यस्तै विभिन्न विषय र वस्तु, समय र परिस्थिति, अनुभव र अनुभूति अनि हाँसो र खुशीको समग्रभावको समष्टि स्वरुपमा कलात्मक अभिब्यक्ति र शैलीद्वारा आभूषित एउटा काव्यात्मक शहर बसाएकी छिन् कवियत्री भारती गौतमले नेपाली साहित्यको फाँटमा नितान्त नयाँ शहर "आकाशमाथिको शहर" !

यो शहर ढुङ्गामाटो भौतिक शहर हैन, यो शहर हो - काब्यको शहर ! कल्पनाको शहर ! भावनाको शहर ! सिर्जनाको अलौकिक शहर ! नितान्त नौलो शहर - आकाशमाथिको शहर !

घरदेश छोडेर धेरै अघि परदेशीएकी कवियात्री गौतमको लामो समयको विश्राम पछि नेपाली साहित्य लेखन क्षेत्रमा आएको सक्रियताले एउटा सरस, सौर्न्दर्य र भावपूर्ण साहित्यिक कृति जन्माएको छ "आकाशमाथिको शहर" भनेर आधुनिक कविता संग्रहको रुपमा !

आकाशमाथिको शहरमा कवियत्रीले मूलतः मानवीय जीवनका आरोहअवरोहलाई विषय र वस्तुका अन्तरभिन्नता र अन्तरद्वन्दलाई कलात्मक ढंगले शुक्ष्मतापूर्ण विश्लेषण गरेकी छिन् । यी विश्लेषणलाई कवियत्री आफ्ना कवितामा यसरी ब्यक्त गर्छिन-

मान्छेमान्छेबीच मात्र नभएर
इश्वरको सृष्टिसृष्टिबीचकै
साझा साइनो थियो आँसु !
विस्तारै आँसुको भाषा अब त मान्छेमान्छेबीच पनि पराइ हुँदै गइरहेछ
क्लिष्ट हुँदै गइरहेछ
मान्छेले मान्छेको आँसुको भाषा
बुझ्न पनि क्रमशः गाह्रो हुदै गइरहेछ ।

कवि ! कवि भनेको स्रष्ट्रा हो । त्यसैले कविको मन कोमल हुन्छ, कमलको फूलको केस्राभन्दा पनि कोमल ! कविको मन सागरजस्तो हुन्छ, छछल्कि रहन्छ । तरङ्गीत भइरहन्छ । दुःखमा कवि कवितमा रुन्छ, शब्दमा रुन्छ, भावमा रुन्छ । यसरी युद्ध विभिषिकाबाट अत्तालिएर कवियत्री भारती गौतम आकाशमाथिको शहरमा यसरी रोएकी छिन् -

मेरो मुलुकको डाँडापाखामा यो नयाँसालमा
गुँरास हैन, मेरै नातेदारको रगतले रंगीएको छ
मेरो मुलुको जंगलमा कोइलीले
रोदन र चित्कार गाउन थालेको छ ।

गौतमका कविताहरुमा रुपमात्र हैन, रुपकहरु छन् । सौर्न्दर्यलाई बढाउने श्रृङ्गारहरु छन् । मिथकहरुमात्र हैन मीठामीठा मिश्रति भाव र शैलीहरु छन् । कवियत्रीले विम्वहरुसँग खेल्दै प्रतीकहरुसँग रमाउँदै विशुद्ध साहित्यिक कृतिको एउटा शहर बसाएकी छिन्-आकाशमाथिको शहर !

धेरै उत्कृष्ठ र केही मध्यम कविताहरुको समष्टि स्वरुप हो आकाशमाथिको शहर । सेरोफेरो पुरा गरेर बिट मार्दासम्म कतै अल्छि र विश्रामको अनुभूत नहुने एउता सुन्दर काब्यत्मक शहरका रुउपमा स्थापित भएको छ कवियत्री गौतमको आकाशमाथिको शहर !

कवितामा भाषा र शब्द संयोजनले कतै चित्र बोलेका छन् । कतै विम्वहरुले प्रकृतिका सुन्दर दृष्यहरु र्छलङ्ग खोलेका छन् । आकाशमाथिको शहरलाई यसरी नै सजाएकी छिन् । सुन्दर बनाएकी छिन् कवियत्री गौतमले !

श्रीमती गौतमका कवितामा मानवीय भावना, वेदना, सम्वेदना, चेतना, नियति,र निरपेक्षता अनि करुणा, कल्पना, आशा र निराशाहरु बोलेका छन् । प्रकृतिका रुपप्रारुप, दृष्य र सौर्न्दर्यका प्रचुर प्रयोगले कविताको सुन्दरता बढाएका छन् ।

आकाशमाथिको यो नौलो शहर बोधगम्य छ । सरल छ । शिष्ट छ । सभ्य छ । समग्रमा पठनीय छ । संग्रहनीय छ । संग्रहमा साठी कविता संग्रहित छन् ।


अनिल कोइराला
बेलाबेलामा अनौठा अनौठा काम गर्ने जङ् चलेर आउँछ मलाई । मनै त हो । कैले कलाकार बनेर सुपरस्टार हुन मन लाग्छ । कैले पत्रकार बनेर लगातार चर्चामा आउन मन लाग्छ । कैले नेता बनेर उता र यता गर्न मन लाग्छ । कैले कर्मचारी बनेर काठमाडौँमा घरबारी जोड्न मन लाग्छ । कैले हार खाएर सधैँ बेरोजगार बस्न मन लाग्छ । कैले दिमागको बोझ अलि कम हुन्छ र घरजम गर्न मन लाग्छ । कैले रोगी हुन मन लाग्छ त कैले जोगी हुन मन लाग्छ । कैले स्वच्छछविको हुन मन लाग्छ तर अहिले भने धुरन्धर कवि हुन मन लागिरहेछ । "थुइक्क बजिया ! केही सिप नलागेर अब कवि बन्ने जङ् चल्यो -" चल्यो भनेपछि चल्यो । मलाई जङ् चलेपछि सबैलाई दङ् पार्दिन्छु । के गर्ने त - यो संसारमा कवि बन्नभन्दा सजिलो अरू केही देख्नुभा'छ - कति सजिलो छ । जे लेख्दिए पनि हुन्छ । बुझे ठीकै भयो, नबुझे झन् खतरनाक कवि ! आफैले पनि नबुझ्ने खत्तम कविता लेख्न सके त झन् उत्तम । बुझ्नेले बुझीखाऊ, नबुझ्नेले कानेगुजी खाऊ भन्थ्यो मेरो साथी पिलन्धरप्रसादले, त्यस्तै हो । दर्ुइलाइन एउटाको सार्‍यो, दर्ुइलाइन अर्काकोबाट । कविता तयार । त्यसो गर्दाखेरी त झन् काइदाको कविता बन्दोरहेछ रिमिक्स । यो रिमिक्सको जमानामा त्योभन्दा काइदा के हुन्छ - काइदा जाने पो फाइदा हुन्छ । धुरन्धर कवि हुन स्वच्छछवि भएर मात्र हुन्छ त - भ्रष्टाचार गर्न जानेन भने के नेता - भनेझैँ चोर्न जानेन भने के कवि - तर सुरुसुरुमा त मैले पनि कहाँ चोर्न जानेँ त - आफैले प्रयास गरेँ यसरी-

मैले त त्रि्रो नाम जप्न थालिसकेँ
के तिमीले मेरो नाम सुनेकी छ्यौ -
मैले त तिमीलाई मन पराइसकेँ
के तिमीले मलाई चिनेकी छ्यौ -

वाह ! वाह ! भनेको खै त - कविता सुनेपछि वाह ! वाह ! भन्नर्ुपर्छ भन्ने थाहा छैन - कमसेकम वाह ! वाह ! भए पनि पाइन्छ भनेर त मलाई पनि कवि बन्ने जङ् चलेको । थाहा छ - अस्ति एउटा कवि सम्मेलनमा हुत्तिएँ म पनि आफैले लेखेको कविता बोकेर । वरिष्ठवरिष्ठ कविहरू विशिष्ट आसनमा थिए । हामी झारेझुरे कविहरू अघिल्लोपट्ट िबेन्चीमा लस्करै । कार्यव|mम शुभारम्भ भयो । कविता वाचन आरम्भ हुनुभन्दा पहिले सञ्चालक पत्नी प्रमुख अतिथि बनिन् । सभापति आफै पति महोदय ब्ाने । लगभग एकदर्जनको उल्लेख्य सहभागिता रहेको कार्यव|mममा जब कविता वाचन गर्नेको सङ्ख्या आठ भयो, पालैपालो कविता पाठ भयो । कसैको घोकेजस्तो, कसैको खोकेजस्तो, कसैको व्यथा पोखेजस्तो, कसैको कथा ठोकेजस्तो । अनौठाअनौठा कविताहरू सुन्न पाइयो । एकजना वरिष्ठ कविज्यूले त ठ्याक्कै मेरै कविता पो सुनाइदिए गाँठे !

हे नेता हो !
तिमीहरू अरबौँ लुट्नसक्ने भएछौ
त्यसैले त,
करोडौँको धरौटीमा
हाँसीहाँसी छुट्नसक्ने भएछौ ।
बरु तिमीहरू भेँडा, बोका, बाँदर, गोरु
घोडा, कुकुर, गधा आदि भैदिएको भए
धेरै जाती हुन्थ्यो
तर तिमीहरू त यो देशका नेता भइदियौ ।

कानको जाली नै फुट्ला जस्तै गरी ताली बज्यो । मेरो भने कन्पारो रन्किएर आयो । उत्तिखेरै कविजीको कठालो समात्न पुगेको त विचरा कविजी नीलो-कालो भैहाले । यो कविता कहाँबाट ल्याएको - मेरो मुखबाट शब्दहरू हाम्फालीहाले । डरले काँप्दै कविजी बोले- "क्षमा हजुर ! यो कविता त मैले एउटा पत्रिकामा पढेको । प्रभावित भएर अनुशरण गरेको ।" अनुशरण गरेको हो कि सम्पर्ूण्ा रूपमा ग्रहण गरेको - चोर कविजीको चिउँडो तत्कालै फोर्न मन लागे पनि आफूलाई सम्हालेँ । के गर्ने ! वरिष्ठ कवि परे हाम्रै देशका । पछि कुरो बुझ्दैजाँदा आफूले लेख्न नभ्याएर एउटा पत्रिकाबाट मेरै कवितालाई काटकुट, छाँटछुँट-गर्दिएछन् । त्यो घटनापछि त्यहाँ उपस्थित अन्य सात-आठजना वरिष्ट कविजीहरूले आ-आफ्ना कविता वाचन गर्नै मानेनन् । खै किन हो छ कुन्नि ! आफूले भने रिसको झोँकमै भए पनि एउटा कविता दन्काइहालेँ । कविता लेख्यो, सुनाउने ठाउँ नपाएर कस्तो आपत् । मौका प्ााएको बेलामा नसुनाउने त कुरै आएन । सुनाएँ यसरी-दर्ुइमा दर्ुइ वर्षपढिसक्यो

फेरि त्यहीँ बास होलाजस्तो छ ।
तर
मिससँग मेरो भेट भैरहन्छ अचेल
त्यसैले छोरो यसपालि
प्ाास होलाजस्तो छ ।

तररर तालीको आवाजले मेरो रिस पनि परपर भाग्दै गयो । विचरा कविजीमाथि पनि दया लाग्दै गयो । के गर्ने - यस्तै रहेछ यहाँको चलन । मैले अझै धमिलो सम्झन्छु । मेरो बुबाले उहिले जमानामा एउटा कविता हुर्‍याउनु भएको थियो राष्ट्रिय साहित्यिक पत्रिकामा । प्रकाशित भैहाल्छ कि भन्ने आसमा । उहिलेको कुरा खुइले । तर अहिले आएर त्यही कविता अर्कैको नाममा र्सलक्कै त्यही पत्रिकामा । त्यही कविताले गर्दा उनी पनि वरिष्ट कविजी बनिसके । कुनै दिन कवि सम्मेलनमा भेट भयो भने गेटमै उछिट्टएिका दाँत सेट गर्दिने विचार थियो तर के गर्ने - हरेक क्षेत्रमा चण्डाल नभैकन मालामाल हुन नसकिँदो रहेछ । त्यसैले अचेल त मैले पनि यसो कापीमा कोरकार गर्‍याजस्तो गर्छर्ुु अन्त्यमा दर्ुइचार पुस्तक पल्टाएर चोरचार गर्‍याजस्तो गर्छर्ुु कविता तयार । मौका पाउनासाथ ठूलठूलो स्वरमा चिच्याइदियो, खेल खत्तम । त्यसैले त म पनि अचेल वरिष्टतिर गनिन थालेको छु नि ! साहित्यिक कार्यक्रम भयो कि निम्तो आइहाल्छ । निम्तो आयो कि कविता गैहाल्छ-

खाना खान बस्या त दालै छैन
सुत्ने बेलासम्म पनि बोलचालै छैन
भोलि श्रीमतीको माइत जाने छेकछन्द छ
कारण सानै भए पनि बोलचाल बन्द छ ।

आज कस्तो मुड चलिरहेको छ । कविता सुनाउन नपाएर एकदिन मैले मेरा मित्र पिलन्धरप्रसादलाई दिनभरि एउटा होटलमा मासु चिउरा ख्वाउँदै कविता सुनाउँदै गर्नुपर्‍यो भन्या । कमसेकम आज सित्तैमा सुनाउन पाउँदा त दर्ुइ चारवटा सुनाउनु परिहाल्यो नि ! होइन त - फेरि झर्को नमानीकन अर्को सुन्नुस् ।

छोरीकी आमासँग भेट हुनै हँुदैन
कहिले चिनी हुँदैन, कहिले दाल हुँदैन
त कहिले नुनै हुँदैन
बिहेभन्दा पहिलेको जस्तो
हँसिलो मुहार देख्न रहर लाग्छ
अनुहारमा हेर्‍यो कि मुखबाट
आवश्यकता झर्ला कि भन्ने डर लाग्छ ।

कस्तो लाग्यो त - वरिष्ट कविको जस्तो लाग्यो कि लागेन - चोरचार गरेरै भए पनि कवि बनेर सम्मान पत्र र कदर पत्रहरूको खातैखात बनाउने विचार छ । दर्ुइछाक खान नपुगे के भो त - त्यसै बनिन्छ कवि ! धन दौलत र पारिवारिक सुख सबै त्याग गर्न सक्नर्ुपर्छ । एउटा कुरो त भुसुक्कै बिर्सिएछु । सङ्गत गुनाको फल । सङ्गत गर्नु ठूलाबडाको । त्यसै भन्थे बूढापाकाले । त्यसैले त मैले ठूलठूला कवि साहित्यकारहरूको सङ्गत गरेँ चोर्न सिके । ठूलाको सङ्गत गरेपछि कुरै अर्कै हुँदोरहेछ । अन्त्यमा भर्खरै कोरकार गरेको अनि लास्टमा चोरचार गरेको एउटा कविता सुनाएर म बिदा हुन चाहान्छु । ए, एउटो कुरो ! आज मैले यहाँ तपाईंलाई सुनाएका जति पनि कविताहरू छन् नि ! यी सब कविताहरू मैले अनिल कोइरालाद्वारा लिखित "दिक्क लागेर त हो नि !" नामक कवितासङ्ग्रहबाट चोरचार पारेको हुँ है ! यति भन्दिएपछि चोरेको मानिँदैन रे क्या ! ल अब सुन्नुस् ताजा कविता-

गुरु भवदेवको मृत्युले
शोक परेको ठहर्दै
हेडसरले बिदाको घोषण गर्नुहुन्छ र भक्तसरलाई "म्यारिज"को सङ्केत गर्नुहुन्छ ।
सधैँ भागेर जाने कृष्णे आज
शोकमा खुसी हुँदै जान्छ ।

अमेरिकाको क्यालिफोर्नियामा साहित्य महोत्सव सम्पन्न

क्यालिफोर्निया, अमेरिका, ७ जुलाई २००९
अमेरिकामा नेपाली हरु को छाता संगठन ए. एन.ए को सत्ताइसौं सम्मेलनको अवसरमा विशेष साहित्यिक कार्यक्रम सम्पन्न भयो । क्यालिफोर्नियाको ओकल्याण्डमा सम्पन्न तीन दिने सम्मेलनमा अन्तरराष्ट्रिय नेपाली साहित्य समाजको आयोजनामा सो कार्यक्रम भएको थियो । कार्यक्रममा प्रमुख अथिति अमेरिका स्थित नेपाली दुताबासका कार्यबाहक राजदुत कालीप्रसाद पोखरेलले साहित्य, कला र संस्कृतिको माध्यमबाट अमेरिकामा नेपालीहरुमा एकताको भावना अभिवृद्धि भएको बताउनु भयो । उक्त अवसरमा भएको बिशेष कबि गोष्ठीमा गोविन्द गिरी "प्रेरणा", राम प्रसाद खनाल, मणिनेपाली, डी .बि.तामांग , अनिल पाण्डे, हरिहर दाहाल, प्रेम संग्रौला
लगायतका कविहरुले कविता पाठ गर्नु भएको थियो । त्यसै गरी अमर-मिना उक्त साहित्य महोत्सबमा प्रतियोगितात्मक कवि गोष्ठी पनि भएको थियो । जसमा शर्मा मुडवरी पुरस्कार अन्तर्गत सौरभ पोखरेल, बिष्णु
गुरुङ र बिनोद पौडेल क्रमश: प्रथम, द्वितीय र तृतीय भएका थिए । वाल पुरस्कारद्वारा सुश्री सविना ढकाल पुरस्कृत भएकी थिइन । कार्यक्रमको प्रारम्भमा ए.एन.ए.का संस्थापक डा.श्याम कार्कीले अन्तरराष्ट्रिय नेपाली साहित्य समाजको बारेमा बिस्तृत जानकारी गराउनु भएको थियो । उक्त साहित्य महोत्सव समितिका संयोजक कवि बासु ढकालले गोष्ठीको औचित्य माथि प्रकाश पार्नु भएको थियो भने अन्तरराष्ट्रिय नेपाली साहित्य समाज क्यालिफोर्निया च्याप्टरका अध्यक्ष ध्रुव थापाले गोस्ठीमा प्राप्त सम्पूर्ण रचनाहरु क्रमश: विस्वपरिक्रमा लगायत अन्य पत्रपत्रिकामा प्रकाशन गर्दै जाने जानकारी गराउनु भएको थियो । मधुपर्कका सम्पादक श्रीओम श्रेष्ठ"रोदन"को सभापतित्वमा भएको उक्त महोत्सवम डा.चिन्तामणि योगी,एन आर.एन.का भीम "उदास"र गीतकार शेखर ढुंगेलले साहित्यिक कार्यक्रमको महत्वमाथि प्रकाश पर्नु भएको थियो । कार्यक्रममा प्रो.जय नारायण लुइँटेल, जीवा लामिछाने, डा.हरि शर्मा, राम थापा, देवमान हिराचन, सुमन तिम्सिना लगायत थुप्रै बरिस्ठ साहित्यकारहरुको उपास्थितिले कार्यक्रम लाई जीवन्त बनाएको थियो ।

Jul 15, 2009

'हिउको तन्ना'मा बस्दा (होमनाथ सुबेदी)
हाइकु जापानबाट नेपाल र नेपाली डायास्पोरामा आयात भएको छ। साहित्य जहिले पनि नवीनतम वस्तु, विम्ब र शैलीको प्रयोगमा जिउँछ। नेपाली काव्य वा कविताको फाँटमा गजलले पहिले संघर्ष गर्‍यो र ऐले काव्य वा कविताको एक दरिलो विधाको रुपमा यसले नेपाली साहित्यमा अधिकार जमाएको छ। त्यस्तै हाइकुले नेपालीमा प्रवेश गरेको पनि करीब ९० वर्ष भैसक्यो। यो वालक अब यसका भाइहरू तान्का, चोका, मन्डो आदिको प्रवेशले तीमध्येमा बलियो जेठो बन्ने अवसर पाउँदै गएको छ। नेपालीमा हाइकुको उमेर एक सय हुँदा यसले पनि विस्तार गरी चोका महाकाव्य प्रशस्त दिन सकोस्। यसको उत्थानमा कदम चाल्ने शंकर लामिछाने, क्षेत्रप्रताप अधिकारी, रामकुमार पाण्डे, विष्णुवहादुर सिंह, प्रेम छोटा, अभि सुवदी, चेतनाथ धमला, पोषण चापागाईं, शान्तिनारायण श्रेष्ठ, पुस्कर लोहनी र स्वयम् कृष्ण बजगाईंको अनवरत सेवाले सिर्जना र स्रष्टाहरू अझै फैलाओस्।
हाइकुमा तीन हरफ १७ अक्षर हुन्छन्। पहिलो हरफमा ५, दोश्रोमा ७ र तेश्रोमा ५ अक्षर हुन्छन्। जापानी कविताको शास्त्रीय शैलीमा सबभन्दा सानो एकाइमा लेखिने कविता हो यो। नेपालीमा विष्णुवहादुर सिंहको 'मौन वतास' हाइकु संग्रह, 'फूलको वर्षा' तान्का संग्रह र 'मैनवत्ती' चोका संग्रह प्रकाशित छन्। नेपालीमा यो क्रमबद्ध प्रकाशनले यस क्षेत्रका अध्येतालाई यौटा सटिक दिशा निर्देश गर्दछ। यसै क्रममा कृष्ण बजगाईंको यो कृति यौटा दरिलो स्तम्भको रुपमा प्रस्तुत छ।
यो 'हिउँको तन्ना'ले नेपालका तथा डायास्पोराका समसामयिक वस्तु र कलाको नवीनतम प्रयोग डायास्पोराको नेपाली साहित्यमा प्रस्तुत गरेको छ। यसका दुई पक्ष छन्। ती हुन्– वस्तु पक्ष र कला पक्ष।
वस्तुपक्ष
वस्तु पक्षमा आर्थिक, सामाजिक, राजनैतिक, सांस्कृतिक, ऐतिहासिक, दैवी, मनोवैज्ञानिक, विवाह, यौन, भाषा र साहित्य, नारी स्वतन्त्रता, डायास्पोरा, र जीवन वोधका विषय समेटिएका छन्।
आर्थिक,

यी हाइकुकारलाई नेपालको आर्थिक अव्यवस्था र जनजीवनको अव्यवस्थाको चित्रण गर्न मन पर्दछ। त्यसको ज्वलन्त उदारण हो यो :
लोडसेडिङ
कमाउ धन्दा सुरु
माफियातन्त्र।
यसले विजुलीको लोडसेडिङ्गले पारेको नेपालको जनजीवनमा पारेको नराम्रो असरको मूर्तरुप माफियातन्त्रसित आरोपित गरी देखाउन खोजिएको छ।

शोषण

नेपाल वा कुनै पनि अर्थव्यवस्थामा अङ्कुश विनाको मालिक वा उद्योगपति वा नेता अर्काको बाली खानमा रमाउँछ। अर्कामाथि शोषण गरेर ऊ आफूलाई उन्मत्त साँढे , ठूलो प्रभु संझन्छः
उन्मत्त साँढे
असन बजारमा
हरियो खोज्छ।
राजनैतिक शक्ति समाजका सबै शक्तिभन्दा प्रखर प्रवल शक्ति हो। यस्तो शक्तिको बारेमा चिन्तन नगरी कवि कसरी मौन रहन सक्थे? नेपाल मात्र हैन विश्वको युद्ध र शान्तिको चित्र नै प्रस्तुत गरेको छ यसलेः
मानवीयता
बन्दुकको नालमा
आजादी कहाँ?
आजको मूल प्रश्नलाई कविले 'एरेष्ट' गरेका छन् यहाँ। विश्वमा भैरहेका युद्ध र तिनबाट मुक्ति हो। बन्दुकको भरमा एक व्यक्तिले अर्को व्यक्तिमाथि शाशन गर्न खोज्नु र यौटा राष्ट्रले अर्को राष्ट्रमाथि आधिपत्य जमाउन खोज्नु आजको समसामयिक विश्वराजनीतिको दुर्योग हो। 'अहम्' आवश्यक हो, स्वाभिमानको रक्षा मानवीय अस्तित्वको रक्षा हो। तर अहङ्कार गर्दै ठूला राष्ट्रले साना राष्ट्रमा गरिएको हस्तक्षेपले कुन राष्ट्र वा व्यक्तिको मौलिक हकको सुरक्षा हुन सक्छ? मिथमा हिरण्याक्षले पृथ्वीलाई मान्द्रो बेरेर खाए जस्तै बन्दुकका नालीले नै मानवीयता निलेर भित्रै थुनेमा आजादी कहाँ? कविको यो हाइकुले आज राष्ट्र र व्यक्तिलाई आफ्नो मानवीय हकको सुरक्षा र मानवीय लुप्त गौरवको पुनर्प्राप्तिको लागि प्रतिरोध युद्धमा होमिन आह्वान गरेको छ। यो हाइकुको सानो टुक्रो तानाशाहको लागि 'एटमबम'को रुपमा उपस्थित छ।

समसामयिक वस्तुको हाइकु हो योः
तराई जल्छ
न पहाडमा शान्ति
म शरणार्थी।
नेपालको आज संघीय गणतन्त्रको राजनैतिक विधान बनाउने सन्दर्भमा मधेश एक प्रदेशको चलिरहेको आन्दोलन र अशान्तिलाई संकेत गरी लेखिएको हाइकु हो यो। दुबैतिर आगो लागेपछि 'म' ((नेपाली) कहाँ जाने शरणार्थी भैन? म जस्तै के तिमी तपाईहरू होइन? शान्त राष्ट्रको सपना कहाँ? यो कुरालाई यसले इङ्गित गरेको छ।

ऐतिहासिक :
ऐतिहासिक तथ्यहरूलाई पनि यसले छोडेको छैन। यौटा नमूनाः

मास्न खोजेछ
छिन्ताङको सुन्तला
३६ सालमा।

सामाजिक विवाह संस्थामा राजनीतिको दुस्प्रभावलाई यो हाइकुले आँखा खोलेको छ :
केटी १५ कि
प्रगतिशिल विहे
विदुर केटा।

साँस्कृतिकः
वैवाहिक वन्धन तीन जन्मको लागि हो भन्ने परम्परामा दाम्पत्य जीवनको सङ्गतिले त यो धारणा सुनमा सुगन्ध हुन्छ। अन्यथा यो एक आजन्म कैद बन्दछ। तैपनि सहेर बसेका हुन्छन्। नेपाली संस्कृतिको झलक हो :
रङ्गीन चुरा
रातो टिका र पोते
आजन्म कैद।
दैवी प्रकोप
कोशीको पानी
दैवको उपहार
ताण्डव नृत्य।

मनोवैज्ञानिक
मनोवैज्ञानिक दृष्टिले पनि यी हाइकुको स्थान उच्च रहेको छ। मान्छेलाई मान्छेले सीधा अगाडिबाट हेर्छन्। तदनुरुप मनको प्रतिबिम्ब सामान्य स्तरको कविताले गर्छ। मनोविज्ञानको विशिष्ट मान्छेले विशिष्ट प्रक्रियाले मान्छेलाई हेर्छ। त्यो अवलोकन अगाडिबाट भन्दा पछाडिबाट हुन्छ। यस्तो हेराईमा भेटिएको मनोवैज्ञानिक सत्य के हो भने मान्छे जहिले पनि निषिद्धप्रति आकर्षित हुन्छ। जुन नगर्नु भन्यो त्यही कुरामा उसको मन लागिरहन्छ। यस्तो मनोविज्ञानसम्मत मानवीय चरित्रको चित्रण कृष्णका हाइकुले गरेका छन्। यौटा नमुना :

मान्छेको जात
जीउँदो होस् या मुर्दा
आगो झोस्दछ।

यौन, श्रृङ्गारिक वा विवाह

रोमान्सेली भाषामा व्यक्त गरिएको मान्छेको चुस्ने, पिउने, कजाउने, लुट्ने, जित्ने र प्रभुत्व जमाउने मानवीय मूल वृत्तिहरूको उद्घाटन गर्दछ यो हाइकुले।
चुमेर छाड्यौ
मान्छेका नाड्गा देह
कामुक सूर्य।
हाइकुको ऋतु, समय र धर्ती आकाश, ग्रहगणको अलङ्कार, बिम्बको उपयोग गरी ध्वन्यार्थ दिन यी हाइकुहरू अत्यन्त सफल छन्। त्यस्तै प्रेम र डिभोर्सको सन्दर्भ नुन छर्नु जस्तो बिम्वका माध्यमले यसरी व्यक्त गरिएको छः
हाम्रो मायामा
परेछ हिमपात
नुन छरौं कि?
साहित्यको भाषा वेद, वाइबलको र ऐनकानुनको जस्तो नभएर यस्तो रसिलो हुनुपर्छ भन्न पनि यो विप्रलम्भ श्रृङ्गारिक हाइकुले आधार दिन्छ :
निरस रात
हिउँजस्तो तन्नामा
पर्खदै बित्यो।
रोमान्सेली हाइकुका केही अरु उल्लेखनीय नमुनामध्ये यो तलको हाइकु अति राम्रो व्यङ्ग्य, प्रकृतिसित मानवीय श्रृङ्कार रसको जडान अनुपम भएको मैले पाएँ।
बेशर्मी सूर्य
रातसँग सुतेछ
पख! तँलाईं।
यस्ता रोमान्स, श्रृङ्गार, प्रणय, विवाह र यौन सन्दर्भका उदाहरण धेरै छन्।

नारी स्वतन्त्रता
नारी स्वतन्त्रताको बारेमा परवश नारी चित्र उतारेर नारीको स्वतन्त्रता संग्रामको संकेत गर्छन् यी हाइकुले :

नजरबन्द
बसे जिन्दगीभर
पत्नी भएर।
डायास्पोरिक धारणा
डायास्पोरिक प्रश्नहरुलाई पनि गागरमा सागर भर्ने काम यसका कविले गरेका छन्।
झुटो कुराले
निर्वासित भएछ
परम सत्य।
साहित्यमा निर्वासनको धेरै अर्थ हुन्छ। आर्थिक विपन्नता र शोषणले सिर्जेको निर्वासन बढी यर्थार्थ हुन्छ। शोषक, फटाहा र असत्य व्यवस्थाको पीडाले निर्वासित बनाएको छ मान्छेलाई। परम सत्यलाई पनि यसले निर्वार्सित गराएको छ। समाज र आफ्नो देशबाट सत्य र सहृदयी नेपालीहरु निर्वासित भएर नेपाली परदेश लागेका छन् जसलाई हामी नेपाली डायास्पोरा भन्दछौं। परम् सत्य स्वयम् आफै हो जसको निष्काशन वा निर्वासन अपरम्पार सत्यको निर्वासन हो। असत्य र अत्याचारले सत्यको निर्वासन भावना आजको वस्तु अनुकुल कविले उपयोग गरेका छन्।
नेपाली डायास्पोरामा सिर्जना गरिएको साहित्यको यौटा ठूलो उद्देश्य हो –नेपाली भाषाको सेवा। नेपाली डायास्पोरामा नेपालीको पहिचानको सबभन्दा ठूलो साधन नै नेपाली भाषा ठहरिएको छ र यसको अध्ययन अध्यापन, शिक्षण तथा साहित्य लेखन र संगठनको ऐले हुरी नै आएको छ। सबै नेपालीले आआफ्नो स्थानबाट सथासक्य योगदान गरेका छन्। तर पनि सबभन्दा बढी पढिने डायास्पोराका साहित्यकार भनेर साहित्य सन्ध्याका अध्यक्ष राम विनयले भने जस्तै कृष्ण बजगाईंले पनि यो हाइकुमा होमनाथ सुवेदी नाम डायास्पोरामा भाषा प्रेमी भनेर जानिन्छ भनी लेखेका छन्। यानी होमनाथ र नेपाली भाषा प्रेम पर्याय भएको उनको यो हाइकुले इङ्गित गरेको छ।
डायोस्पोरामा
होमनाथ सुवेदी
भाषाका प्रेमी।
यसरी भाषा साहित्यमा डायास्पोराबाट डायास्पेरामा मात्र हैन नेपालमै पनि शब्दबारुद प्रोल्लास र ल्किष्ट कविता मोहन कोइलालाई उनका हाइकुमा समेट्न छोडेका छैनन्।
डायास्पोराको साहित्य भनेको नेपालको मात्र भक्तिको स्तोस्त्र लेख्ने मात्र हैन अपितु लेखक बसेको विदेशको देश पनि लेख्दछन। यी कविको हाइकुमा बेल्जियमको हिरा जस्ता प्रयोगहरु देखिन्छन् :
कालीको नाक
बेल्जियमको हिरा
घरै झलल।

डायास्पोरामा आउनु र बस्नु यौटा अक्करे भीर विदेश हो, त्यहाँको समस्या डरलाग्दा बाटा हुन्। अनि विदेशको युरोप र अमेरिकामा डलरको मह र सुखसुविधाको घार छ :
अक्करे भीर
डरलाग्दो बाटोमा
मौरीको घार।
यसरी बजगाईंका हाइकुमा डायास्पोराको साहित्यका विशेषता अन्तनिहित देखिन्छन्।

जीवन बोध
विसङ्गत जीवनको चित्रण यो कवितामा छ :
वसन्ती रंग
उषाको किरणमा
किन हरायो?
सङ्गति खोज्न त्यसको पछाडि पाठक वा व्यक्ति स्वयम् पुग्न सक्नुपर्छ अनि मात्र हाइकु पढ्नेले हाइकुको मजा लिन सक्छ अन्यथा न हाइकुको मजा न जीवनको मजा वा सार पाउँछ मान्छेले।
कसरी बज्यो
शहनाईको धुन
थाहै नपाई।
'हिउँको तन्ना' हाइकु संग्रहले आर्थिक, सामाजिक, राजनैतिक, सांस्कृतिक, ऐतिहासिक, दैवी, मनोवैज्ञानिक, विवाह, यौन, नारी स्वतन्त्रता, डायास्पोरा, भाषा र साहित्य, र जीवन वोधका विषयमा शूक्ष्मतम आलोक प्रक्षेप गरेको छ।

कलापक्ष
कला पक्षमा दुई कुरा खास छन् –यौटा संचनात्मक सीपको कुरो दोश्रो बिम्ब।
संरचना
हाइकुको संरचनामा ५, ७, ५ को नियम पालन यसमा गरिएको छ। कतिपय कविहरु नियमबाट मुक्त हुन चाहन्छन् त्यो विवादमा उहाँ मुछिनुभएको छैन। शान्ति नारायण श्रेष्ठले जस्तो अत्यानुप्रास मिलाउनेतिर पनि उहाँ लाग्नु भएको छैन। यो विधा जापानबाट आयात गरिएको र वर्णको आधारशीलामा यसका ईंटा राखिने हुँदा जस्ताको तस्तै स्वर व्यञ्जन व्यवस्थापन न हुन सक्छ। त्यसैले हाइकुलाई नेपाली पारा र शैलीमा ढालेर लोकप्रिय बनाउनुपर्छ। यसमा कविको कुशलता यसमा देखिएको छ।
कहाँ कहिले र कसरीको त्रिकोणात्मक सूत्रमा हाइकुलाई बाध्नुपर्छ। त्यो यसमा यथासम्भव पालन गरिएको छ। ती तीन हुन् –
हरफ १ उठान वस्तुको
हरफ २ पहिलो हरफको प्रतिक्रिया दिने
हरफ ३ समग्रतामा जिज्ञासा भावमा रुपान्तरण गर्ने अर्थ दिने यौटा नयाँभाव विस्तार गर्ने

हाइकु लेखन शिल्पको तीन ओदाने कलामा बजगाईं पोख्त छन्। उनको यौटा हाइकुको नमुनाः
लजाउँदछे
त्यसै छुँदा हावाले
नवमञ्जरी।
यो हाइकुमा 'लजाउनु' वस्तु हो, किन भन्दा वा हेतु वा के हो? भन्दा गाउँखाने कथा जस्तै अर्थ रहस्यभित्र लुकेको छ? जुन त्यहीं कविले तेश्रो हरफमा प्रस्तुत गरेका छन् –नवमञ्जरी। यसरी हाइकु ओदान जस्तै तीन खुट्टालाई उनिएको छ। दुई खुट्टे लड्न सकछ चार खुट्टे पनि लड्न सक्छ तर तीन खुट्टे हाइकु कहिल्यै लड्न सकदैन र यसले छेडेको वाग्वाणको निसाना अति तीव्र गतिको र लक्ष्य वेधक सटिक व्यञ्जनामा टिकेको हुन्छ। त्यसैले हाइकु लेख्दा पहिलो हरफमा वस्तु के हो त्यसको उठान भनौं वीज राप्नु दोश्रो हरफमा त्यसको हेतु वा कारण दिनु जसले पहिलो हरफ र तेश्रो हरफको सेतुको काम गर्दछ। तेश्रो हरफले रहस्यको उद्घाटन गर्नु यानि उत्तर दिनु वा परिणाम घोषणा गर्नुपर्दछ।

हाइकुको ओदानका तीन खुट्टा हुन्छन् भन्ने मत छ मानियो त्यसमा विशेषभाव विर्सन हुदैन। त्यसलाई बजगाईंका हाइकुले पालन गरेका छन्। त्यसको अर्को उदाहरण :
विना कसुर
किन छोप्यौ त घुम्टो
विहेको रात।

उक्त हाइकु कहाँ? के? कहिले? यिनी तीन खुट्टाले टेकेको छ र विशेष भाव 'लाज'को सुरक्षा गरेको छ।
त्रिकोणमात्र हैन ऋतुको आधार हाइकुको विशेषता हो। यौटा नमुना :
शारदी घाम
भोगटेको अचार
प्रशव पीडा।

यो हाइकु ऋतुले बनेको छ। शरदको घामको प्रयोग त्यसमा भोगटेको अचार खाँदा हुँने अमिलोपन तर त्यसको अविस्मरणीय स्वादसित 'प्रसव पीडा'लाई अनुवन्धित गरिएको छ।

अर्को कुरा गाउँखाने कथा जस्तै गरी बजगाईंका हाइकुहरु लेखिएका छन्। जस्तै–
वरको बोट
पिपलको छहारी
लगन गाँठो।
यो हाइकु पढ्दा पहिला दुई हरफ पढी के प्रश्न लगायो भने गाउखाने कथा हुन्छ। त्यसको उत्तर हो– लगन गाँठो। अर्को :

छाड्यौ तिमीले
हिउँ पग्लेर आँखा
नदी बनेछ।
ओल्लो घरकी बूढीले पल्लो घर खुट्टा पसारेको छ। के हो? भन्दा यसको उत्तर हो –आउलो वा अमेरिका। यो लेखन शैलीले एकातिर हाम्रा गाउँखाने कथा खेलसित यिनलाई जोडेर पठनमा सजिला ढोका खोल्छ भने अर्कातिर लेखनको लागि पनि पहिले उत्तर परिकल्पना गरेर त्यसको हेतु र परिवेशको खोज तथा समायोजन गर्न एक क्रमदद्ध बाटो उपलब्ध गराउँछ।
'हिउँको तन्ना' हाइकु संग्रहमा त्रिकोणात्मक, विशिष्ठभाव बोकेर प्रकृतिको परिवेशमा १७ अक्षरी ३ हरफे ५,७,५को वर्ण क्रममा भएका हाइकुहरु संरचना गर्न कृष्ण बजगार्इं पोख्त छन्।

बिम्ब
अर्थ गाम्भीर्य, विचित्रता, प्रतीकातमकता, बिम्ब, अलङ्कार र ध्वनी जुनसुकै आँखाले हेरे पनि यी कसीमा खरा उत्रने यी हाइकुहरु छन्।
उपमा अलङ्कार बिम्बहरूको प्रशस्त उपयोग भएको छ। त्यसको एक नमुना :
हिमाल रोयो
बन्यो नीर नदी झैं
तिम्रो सम्झना।

उत्प्रेक्षा बिम्बको प्रयोग कुशलतापूर्वक गरिएको छ। उदाहरण :
शितको थोपा
कर्कलाको पातमा
पवित्र माया।
कर्ललाको पातको शितको थोपा जस्तो तर यो उपमाको रुपमा न भनेर प्रत्यक्ष शितको थोपा नै पवित्रमायाको रुपमा परिकल्पना गरिएकोले यो उत्प्रेक्षा बिम्ब हो। उत्प्रेक्षा अलङ्कारको सुन्दर बिम्ब प्रयोगको अर्को एक नमुना :
सूचनापाटी
हाम्रो विवाहको
आफ्नै सन्तान।
सन्तानलाई विवाह भएको जनाउ दिने सबभन्दा ठूलो प्रामाणिक सूचना बनाएका छन् सन्तानलाई। सन्तान यहाँ सूचनापाटीको बिम्ब भएर आएको छ। अनुपम उत्प्रेक्षा अलङ्ककार बिम्ब हो।
सेतो कपास
जमिनमा छरेर
हिउँद हाँस्छ।
यो माथिको हाइकुमा हिमपातलाई व्यख्या गर्न कविले सेतो कपासलाई उत्प्रेक्षा वनष्पति बिम्ब सिर्जना गरेका छन्।

रुपक बिम्ब एकदम धेरै प्रयोग हुने अलङ्कार बिम्ब हो। यसलाई हाइकुकार बजगाईंले सफलतापूर्वक प्रयोग गरेका छन्। जस्तै :
अनार दाना
पूर्णिमाको चन्द्रमा
तिम्रो मुहार।

श्लेष अलङ्कार बिम्बको अप्रतीम नमूना यो हाइकुमा देख्न पाइन्छ–
प्रचण्ड सूर्य
बालुवामा पसिना
समुन्द्र झ्वाम्म।
यो हाइकुमा प्रचण्डको दुई अर्थ लाग्छन् – एक प्रकृतिमा अत्यन्त तातो, दोश्रो नेपालको राजनीतिमा प्रचण्ड पुष्पकमल दहाल जो उग्र त छन् तर बालुवाको नेपालको परिवेशमा पसिना काडेका त्यसैमा वर्तमान सामाजिक राजनैतिक आर्थिक समस्याको समुद्र झ्वाम्मै उनीमाथि खनिएको छ।

सन्देह अलङ्कार बिम्बका कुशल प्रयोक्ता भन्छु म बजगाईंलाई। यौटा नमूना :
प्रेतात्मा हो कि
छिमेकीको दुच्छाँया
घर अशान्त।
सन्देह अलङ्कार बिम्ब यो हाइकुमा खरो उत्रिएको छ। सन्देह अलङ्कार बिम्ब कविले समालोचना शास्त्र पढेर जानेर सूत्रात्मक रुपमा यसलाई प्रयोग गरेका छन् भन्ने मेरो कुरो हैन। त्यसरी कविले वैय्याकरणी र समालोचना शास्त्रकै विद्वान् हुनुपर्छ भन्ने छैन (हुन त भए न राम्रो नै त हैन)। बजगाईंका यी बिम्ब योजना निर्मित न भएर स्वतःस्फूर्त हुन् र यस अर्थमा यिनको अझ बढी वैधता र विश्वसनीयता साबित हुन्छ। सन्देह अलङ्कार बिम्बको यो आफ्नै रहस्य र खुबी पनि हो।
पौराणिक बिंब पनि यो हाइकु सङ्ग्रहमा प्रतिस्थापन गरिएको छ।
लंकामा राम
अयोध्यामा रावण
महाभारत।
मिथलाई ल्याएर बिम्बको रुपमा प्रस्तुत गरी अभीष्टको बोध गराउन खाजेको ठाउँमा पौराणिक बिम्ब हुन्छ। त्यस्तो प्रयोगमा कवि पछि परेका छैनन् यहाँ। समाज नै हो तर आजको युद्धको कारणप्रति व्यङ्ग्य गर्दै लेखेका छन्– जहाँ जो जे हुनुपर्ने हो त्यो छैन र हुदैन अनि युद्ध न भए के हुन्छ! शान्ति कसरी हुन्छ। यो आजको समयको विडम्बना पनि हो। बिडम्बना छ हरएक कोणमा, महाभारत छ हरएक मोडमा। आजका विडम्बना र विसङ्गतिको उद्बोध हो यो 'हिउँको तन्ना' हाइकु सङ्ग्रह।

शब्दशक्तिः
सबैले लेख्छन्, सबैले पढ्छन् तर अधिकारी पात्र भएर लेख्नु र पढ्नु दुई छुट्टा छुट्टै कुरा हुन्। कुनै पनि काव्यको सीमा त्यसको शब्द–शक्तिले नापिन्छ र शब्द र अर्थको परात्पर सम्वन्ध काव्यमा प्रक्षेप गरिएको हुन्छ। काव्य बुझ्न, कुनै पाठकको उसको आफ्नो आधिकारिक क्षेत्र हुन्छ। कसैले पनि आफ्नो अधिकारभन्दा माथिको शब्दशक्तिको अर्थ ग्रहण गर्न सक्दैन। सामान्यतया पाठकहरू पनि तीन प्रकारका हुन्छन् : अभिधा मात्रको अर्थ बुझ्ने, लक्षणा शब्दशक्तिको अर्थ बुझ्ने, र व्यञ्जना शब्दशक्तिको पनि अर्थबोध गर्न सक्षम पाठक। मेरो सामान्य विचारमा अभिधामा मात्र लेखिएको न हाइकु उत्तम हुन्छ न त अभिधामा मात्र बुझ्न सक्ने पाठक नै हाइकुको लागि उत्तम पाठक हुन्छ। त्यस्तो अनधिकारी पाठकले गहन हाइकुको अर्थ गाम्भीर्यलाई छिचोल्न त्यतिकै कठीन हुन्छ भनौं उनीहरूलाई माथिल्लो स्तरका हाइकु फलामका चिउरा चपाए जस्तो हुन्छ तैपनि न चपिन सक्छ। व्यञ्जनामा ध्वन्यार्थ लिन पर्ने हुन्छ। पाठक पनि त्यत्तिकै प्रत्युत्पन्नमति र विशिष्ट अनुभव भएको हुनुपर्छ त्यो बुझ्न मात्र पनि। त्यसैले पाठक र काव्यको दूरी काव्यको दूरूहताले मात्र हैन कि पाठकको पठन अधिकारी पात्रताले पनि यसलाई निर्धारण गरेको हुन्छ। डायास्पोराबाट लेखिएका यी हाइकुका आफ्नै ध्वन्यार्थ छन्। ती विशिष्ठ अर्थ लिन सक्नेलाई यी हाइकु फलामका चिउरा हैन कि नौनी घिउ जस्तो सुकोमल र रसिला छन्।
अभिधा
अभिधार्थमा लेखिएको यौटा हाइकुको नमुना
सुहागरात
दुवैले थाहा पाए
विश्वासघात।
यो अभिधा शब्दशक्तिले चिर्न सकिने गरी कुँदिएको छ यो हाइकु। अभिधामै यो हाइकुले आजको विवाह संस्थाको विघटनको स्थितिप्रति तीव्र वाण हानेको छ। आजको वैवाहिक सम्बन्धहरूको अस्थिरताप्रति तीव्र व्यङ्ग्य चेत यसमा छ। अर्को उदाहणः
वसन्ती हावा
छोएर गए थियो
मुना टुसायो।
यो ऋतुमा आधारित हाइकु हो। ऋतुमा हुनु त हाइकुको यौटा विशेषता नै हो र यो अभिधार्थले नै मन टुसाएको, पलाएको माया जागेको, पालुवा पलाएको वा एक विरहीले प्रिय दर्शनको अभिलाशा जगाएको कुरा सजिलै बुझ्न सकन्छ।
लक्षणा
यौटा नमुना लक्षणार्थ दिने हाइकुको :
प्रीत प्रसड्ग
सिउँदोमा सिन्दुर
विश्वासघात।
यो आज वैवाहिक संस्थामा व्यङ्ग्यको अनौठो नमुना हो। यी हाइकुहरूको अन्तरङ्गमा पुग्न ध्वन्यालोक पाठकभित्र पनि हुनुपर्छ अन्यथा स्वादको परम्प्राप्ति सम्भव छैन। हाइकुको अन्तस्तल न छोई 'भो अघाएँ, क्या मजा आयो! पुग्यो' भनेर पाठकले टड्कार्छ, त्यस बेला उसलाई यो थाहा हुन्न कि भिजन भए अझ कति सद् चिद् र आनन्दको अनुभूतिले रसाप्लावित हुन सक्थ्यो ऊ (पाठक)! आआफ्नो अध्ययन क्षमता अनुकुल पाठकलाई रसास्वादन गर्न दिनु पनि उत्तम काव्यको अभिलक्षण हो। त्यो कलामा लक्षणामा भएका यी हाइकुको वरिय स्थान छ।
व्यञ्जना
दैवी प्रकोपको सन्दर्भ ल्याएर कविको काव्य–सिर्जनाको मूलसित तामेल जोडेका छन् यहाँ :
उठ्यो तरङ्ग
मनमा ज्वारभाटा
आयो सुनामी।
धारासार साहित्य सिर्जना हुने कविको मनोवस्थाको चित्रण हो यो व्यञ्जनावादबाट हेर्दा। अभिधा र लक्षणाको अर्थ करीब स्पष्ट नै छ।
प्रकृति प्रेम र रहस्य
हिउँदे घाम
नववधुको घुम्टो
खोल्दै लाउँछे।
घाममा नववधुको आरोप गरी लेखिएको यो हाइकुमा प्रकृति प्रेमले छताछुल्ल छ यो। प्रकृति प्रेमको अर्को नमुनाः
पोत्यो सिन्दुर
गगनले रंगीन
इन्द्रधनुष।
यसमा गगन र इन्द्रधनुषको उपयोग अध्ययनीय छ। यी हाइकुहरु छायावाद , रहस्य व्यन्जनावादका दृष्टिले पनि अध्ययनीय छन्। जस्तै :
चाँदनी रात
एक युगल जोडी
औंशी पर्खर्दै।
खास गरी व्यन्जनावादका दृष्टिले यो नमुना सारगर्भित देखिन्छ :
सत्य ईमान
अंकुरितभएछ
बेईमानिमा।
यसरी विशिष्टभाव बोकेका हाइकुको प्रस्तुतिले यसको गरिमा बढाएका छन्।
जापानको चार सय वर्ष पुरानो यो हाइकुलाई नेपालमा आजको स्थितिमा ल्याइपुराउन यस्ता कृतिको महत्वपूर्ण योगदान रहेको थियो र आज पनि विष्णुवहादुर सिंहको 'मैन बत्ती' चोका संग्रह र कृष्ण बजगाईंको यो 'हिउँको तन्ना' जस्ता यो फाँटका नयाँ प्रयोगले निरन्तरता पायो भने हाइकु विधालाई फलाउन फुलाउन केही कठिन पर्नेछैन भन्ने मेरो विश्वास रहेको छ।

अमेरिका

 
Design by सुर्य बहादुर खत्री . सम्पूर्ण सर्बधिकार भोईस अफ सिन्धु मा निहित। .