Sep 8, 2009
Sep 7, 2009
Jul 16, 2009
दुर्घटनमा २ को मृत्यु
लामोसाँघु, ३१ असार।अरनिको राजमार्ग अन्तर्गत लामोसाँघु र खाडीचौर बीचमा पर्ने अक्करमा बुधबार दिउँसो एक मालबाहक भ्यान दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । सो घटनामा सात जना घाइते भएका छन् ।दुर्घटनामा राम्चे गा.वि.स. का १५ वर्षीय साङ्दोर्जे तामाङ र माङ्खा गा.वि.स. का लक्ष्मण तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ । बाह्रबिसेबाट काठमाडौ आउँदै गरेको बा. १ ख ३९५६ नम्बरको भ्यान दिउँसो साढे २ बजेतिर अक्करमा दुर्घटनामा परेको बताएको छ ।घाइतेहरुको खाडीचौर स्थित न्यू सदाबहार अस्पतालमा उपचार भईरहेको छ । घाइतेहरुको अवस्था गम्भिर र चिन्ताजनक...
स्वाइनफ्लुबाट ६ हजार मर्ने सम्भावना
स्वाइनफ्लु जीवाणुविरुद्धको प्रतिरोध तथा सुई दिनेजस्ता कदम नचालिएको अवस्थामा ६ हजार मानिसको मृत्यु हुन सक्ने उनले उल्लेख गरे । अस्टे्रलियाले स्वाइनफ्लुविरुद्ध दुई करोड १० लाख सुई अर्डर गरेको र आगामी अक्टोबरभित्र प्रयोगमा आइसक्ने आशा गरेको छ । स्वास्थ्य विभागले हरेक जाडोयाममा दुई हजारदेखि तीन हजार व्यक्तिको फ्लुसँग सम्बन्धित रोगबाट मृत्यु हुने गरेको जनाइएको छ । एसिया प्रशान्त क्षेत्रमा सबैभन्दा नराम्रोसँग प्रभावित अस्टे्रलियामा सो संक्रमणबाट २४ जनाको मृत्यु भएको छ । ११ हजार एक सय ९४ व्यक्तिमा यस रोगको...
सिंहदरबारबाट दर्जनौ कर्मचारी पक्राउ/ देशभरका सरकारी कार्यालय ठप्प
काठमाडौं, साउन १ - तलव सुविधा बृद्धिको माग गर्दै आन्दोलरत कर्मचारीले सिंहदरबार परिसरमा गरेको प्रर्दशनमा बिहीबार प्रहरीले हस्तक्षेप गरी दर्जनौ कर्मचारी गिरफ्तार गरेको छ ।सुरक्षा व्यवस्था र बाक्लो सुरक्षाकर्मीको उपस्थितिमा पनि कर्मचारी प्रदर्शनमा उत्रिएपछि प्रहरीले धरपकड गरेको हो ।नेपाल राष्ट्रिय कर्मचारी महासंघका निजामतितर्फका महासचिव प्रभातप्रसाद शाह सहित एक सय कर्मचारीलाई प्रहरीले नियन्त्रणमा लिएको महासंघले जनाएको छ । महासंघको प्रतिनिधित्व गर्दै शाह वार्तामा सहभागी हुन जादै गर्दा प्रहरीले पक्राउ गरेको महासंघले दाबी गरेको छ...
ख्यातिका हत्यारा वीरेनक
हत्यापछि कोठामा त्यत्तिकै सुत्न डर लाग्यो । बाहिर निस्केर रक्सी पिएँ । भगवान्को तस्बिर खोजेर सँगै राखेर सुतेँ । पैसाको भोक जुवा खेल्ने लतले मेरो सबै रकम क्यासिनोमा स्वाहा भयो । तर पनि यस्तो बानी रोकिएन । क्यासिनो नेपालमा मात्र एक लाख १२ हजार रुपैयाँ ऋण लिएको थिएँ ।श्रीमती क्यानाडामा छिन् । उनले पनि पैसा पठाउन छाडिन् । त्यसैले पैसा जुटाउने उपायतिर लागे । जेठ ५/६ गते होला दुई छोरीसहित ख्यातिको कोठामा खाना खान गएँ । उनको बुबाले छोरीलाई के पढाउने होला भनेर सल्लाह मागे । कुरै कुरामा पाइलट पढाउने विषयमा कुरा भयो । उनका बुबाले पाइलट...
सामाजिक अव्यवस्थाको यो रूप
सरकारले मुलुकबाट दासप्रथा उन्मूलनको घोषणा गरिसकेको छ । तर, राजधानीसँगै जोडिएको सिन्धुपाल्चोकको मार्मिङ गाविसमा यो प्रथा कायमै रहेछ । त्यहाँ कथित माथिल्लो जाति र टाठाबाठा भनाउँदाहरूले विपन्न र दलित समुदायलाई दासत्व स्वीकार्न बाध्य पारेका छन् ।जग्गा कमाएको, खाद्यान्न किनेको, ऋण लिएको नाममा बिनापारिश्रमिक उनीहरूलाई काममा लगाएर विपन्न र दलित समुदायमाथि शोषण गरिएको छ । भोक, थकाइ, बिमार नभनी परिवारको गुजाराका लागि ती समुदाय ँसाहु ’ भनाउँदा स्थानीय ब्राह्मण, क्षेत्री र शेर्पाको काम बिनापारिश्रमिक गर्न विवश छन् । ऋण...
हनिमुनको पहिलोदिन ।प्रेमी: सरिताप्रेमिका: हजुर ।प्रेम: आजको म तिमीलाई एउटा कुरो सोधौँ ?प्रेमिका: सोधन ।उनीः के साँच्चै तिम्रो जिवनमा आएको म नै पहिलो पुरुष हुँ ?प्रेमिका: हो नि । म पनि एउटा कुरो सोधौँ ?प्रेमी: सोध न ।प्रेमिका: किन सबैजना मलाई यही प्रश्न सोध्छन् जहिलेपनि डार्लिग् ?******************************किशुनजीको प्रेम किशुनजी, अर्थात उही हाम्रो कृष्णप्रसाद भट्टराईँजी उहिले अन्तरिम सरकारको प्रधानमन्त्रीभएपछि देश दौडाहामा निस्कनु भयो । पहिलो चरणको यात्रा अन्र्तगत उहाँ पाल्पा...
एउटा नयाँ सहर : आकाशमाथिको शहर
शिव प्रकाशसाहित्य के हो भन्ने विषयमा विभिन्न धारण, मतमतान्तर भएता पनि जीवन र जगतका भोगाइहरु विभिन्न रस र सौर्न्दर्यका रुपमा अन्तष्करणबाट अभिब्यक्त हुने कलात्मक भावुक विचार नै साहित्य हो भन्ने मलाई लाग्दछ । साहित्यका वारेमा धारण वा साहित्यको परिभाषा जे भएता पनि साहित्यको सृजना कसरी हुन्छ ? यो अर्को गहन प्रश्न छ ! तर यसको सजिलै उत्तर दिएकी छिन् कवियत्री भारती गौतमले आकाशमाथिको शहरमा यसरी - बगैंचाको शीत बनी म रोएको बेला चराको संगीत बनी म रमाएको बेला खडेरीको अनिकाल बनी म डराएको बेलावसन्तको पालुवा बनी म पलाएको बेला मेरो कविताले मलाई...
अनिल कोइरालाबेलाबेलामा अनौठा अनौठा काम गर्ने जङ् चलेर आउँछ मलाई । मनै त हो । कैले कलाकार बनेर सुपरस्टार हुन मन लाग्छ । कैले पत्रकार बनेर लगातार चर्चामा आउन मन लाग्छ । कैले नेता बनेर उता र यता गर्न मन लाग्छ । कैले कर्मचारी बनेर काठमाडौँमा घरबारी जोड्न मन लाग्छ । कैले हार खाएर सधैँ बेरोजगार बस्न मन लाग्छ । कैले दिमागको बोझ अलि कम हुन्छ र घरजम गर्न मन लाग्छ । कैले रोगी हुन मन लाग्छ त कैले जोगी हुन मन लाग्छ । कैले स्वच्छछविको हुन मन लाग्छ तर अहिले भने धुरन्धर कवि हुन मन लागिरहेछ । "थुइक्क बजिया ! केही सिप नलागेर अब कवि बन्ने जङ्...
अमेरिकाको क्यालिफोर्नियामा साहित्य महोत्सव सम्पन्न
क्यालिफोर्निया, अमेरिका, ७ जुलाई २००९अमेरिकामा नेपाली हरु को छाता संगठन ए. एन.ए को सत्ताइसौं सम्मेलनको अवसरमा विशेष साहित्यिक कार्यक्रम सम्पन्न भयो । क्यालिफोर्नियाको ओकल्याण्डमा सम्पन्न तीन दिने सम्मेलनमा अन्तरराष्ट्रिय नेपाली साहित्य समाजको आयोजनामा सो कार्यक्रम भएको थियो । कार्यक्रममा प्रमुख अथिति अमेरिका स्थित नेपाली दुताबासका कार्यबाहक राजदुत कालीप्रसाद पोखरेलले साहित्य, कला र संस्कृतिको माध्यमबाट अमेरिकामा नेपालीहरुमा एकताको भावना अभिवृद्धि भएको बताउनु भयो । उक्त अवसरमा भएको बिशेष कबि गोष्ठीमा गोविन्द गिरी "प्रेरणा",...
Jul 15, 2009
'हिउको तन्ना'मा बस्दा (होमनाथ सुबेदी)हाइकु जापानबाट नेपाल र नेपाली डायास्पोरामा आयात भएको छ। साहित्य जहिले पनि नवीनतम वस्तु, विम्ब र शैलीको प्रयोगमा जिउँछ। नेपाली काव्य वा कविताको फाँटमा गजलले पहिले संघर्ष गर्यो र ऐले काव्य वा कविताको एक दरिलो विधाको रुपमा यसले नेपाली साहित्यमा अधिकार जमाएको छ। त्यस्तै हाइकुले नेपालीमा प्रवेश गरेको पनि करीब ९० वर्ष भैसक्यो। यो वालक अब यसका भाइहरू तान्का, चोका, मन्डो आदिको प्रवेशले तीमध्येमा बलियो जेठो बन्ने अवसर पाउँदै गएको छ। नेपालीमा हाइकुको उमेर एक सय हुँदा यसले पनि विस्तार गरी चोका महाकाव्य...
Labels
- अमेरिकाको क्यालिफोर्नियामा साहित्य महोत्सव सम्पन्न
- एउटा नयाँ सहर : आकाशमाथिको शहर
- कबिता
- केही नेपाली चुटकिला हरु
- ख्यातिका हत्यारा वीरेनक
- जिन्दगी
- दुर्घटनमा २ को मृत्यु
- नेपाली साहित्य
- सामाजिक अव्यवस्थाको यो रूप
- सिन्धुपाल्चोक जिल्ला को बारेमा
- सिमना मा देश
- सिंहदरबारबाट दर्जनौ कर्मचारी पक्राउ/ देशभरका सरकारी कार्यालय ठप्प
- स्वच्छ छविको कवि
- स्वाइनफ्लुबाट ६ हजार मर्ने सम्भावना