Jul 16, 2009

दुर्घटनमा २ को मृत्‍यु

लामोसाँघु, ३१ असार।
अरनिको राजमार्ग अन्तर्गत लामोसाँघु र खाडीचौर बीचमा पर्ने अक्करमा बुधबार दिउँसो एक मालबाहक भ्यान दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । सो घटनामा सात जना घाइते भएका छन् ।

दुर्घटनामा राम्चे गा.वि.स. का १५ वर्षीय साङ्दोर्जे तामाङ र माङ्खा गा.वि.स. का लक्ष्मण तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ । बाह्रबिसेबाट काठमाडौ आउँदै गरेको बा. १ ख ३९५६ नम्बरको भ्यान दिउँसो साढे २ बजेतिर अक्करमा दुर्घटनामा परेको बताएको छ ।

घाइतेहरुको खाडीचौर स्थित न्यू सदाबहार अस्पतालमा उपचार भईरहेको छ । घाइतेहरुको अवस्था गम्भिर र चिन्ताजनक रहेको अस्पताल स्रोतले जनाएको छ । अरनिको राजमार्गबाट केही मिटर तल खसेको सो भ्यान भीरमा अड्किएको छ । भ्यानका चालक सुब्बा श्रेष्ठ भने फरार भएको प्रहरीले बताएको छ ।


0 प्रतिक्रियाहरु:

Post a Comment

 
Design by सुर्य बहादुर खत्री . सम्पूर्ण सर्बधिकार भोईस अफ सिन्धु मा निहित। .