Jul 16, 2009

सिन्धुपाल्चोक जिल्ला को बारेमा


सिन्धुपाल्चोक जिल्ला मध्यमाञ्चल विकास क्षेत्रभित्र पर्ने बागमती अञ्चलको ८ जिल्ला मध्येको च्च पहाडि जिल्ला हो । जुगल हिमालको काखमा रहेको यो जिल्लाको नामाकरण सिन्धु र पाल्चोक नामक दुई प्रसिद्ध थुमको संयुक्त नामबाट रहेको जनविश्वास छ । बागमती अञ्चलको आठ जिल्लामध्ये यो जिल्ला क्षेत्रफलका दृष्टिले सबैभन्दा ठूलो जिल्लाको रुपमा रहेको छ । यस जिल्लाको क्षेत्रफल २५२८ वर्गकिलोमिटर रहेको छ ।यो जिल्ला भौगोलिक दृष्टिकोणले पूर्वी देशान्तर ८५.२६ डिग्री देखि ८६.६ डिग्री उत्तरी आक्षशं २७.३६ डिग्री देखि २८.१३ डिग्री का बीचमा रहेको छ । यस जिल्लाको भौगोलिक स्थिति एकैनासको छैन । यस जिल्लाको प्रायः सम्पूर्ण भाग नै पहाड, पर्वत र हिमाली श्रृखलाले ढाकिएको छ । जिल्लाका स्थानीय लेसम, बलेफी इन्द्रावती, रिपार, मेलम्ची आदि अविरल बगिरहने नदी र तिब्बती क्षेत्रबाट बग्दै आउने भोटेकोशीले उत्तर दक्षिणतिर बग्दै यस जिल्लालाई चिराचिरा पारेका छन् अग्ला र सुन्दर श्रेणी बनाउँदै जुगल हिमश्रृखला पूर्व र पश्चिममा हरबखत झल्किएर उत्तरतर्फ फैलिएर रहेका छन् । नदीनाला, ताल, पोखरी, छहरा, हावापानी, खनिज प्रसाधान, वनस्पति र जीवजन्तुको दृष्टिले यो जिल्ला सशक्त देखिन्छ । सिन्धुपाल्चोक जिल्लाका तीन निर्वाचन क्षेत्रहरु रहेका छन् । प्रशासनिक दृष्टिले सिन्धुपाल्चोकमा हाल ७९ गाविस र १३ इलाका रहेका छन् । चौतारा, बाह्रबिसे -अरनिको र मेलम्ची गरी तीन प्रस्तावित नगरपालिका छन् । सिन्धुपाल्चोक जिल्ला पूर्वमा जनकपुर अञ्चलका दोलखा र रामेछाप जिल्ला पर्दछन् भने चीनको स्वशासित क्षेत्र तिब्बतसमेत यसै जिल्लाको सिमाना पर्दछ । पश्चिममा बाग्मती अञ्चलको नुवाकोट र रसुवा जिल्लाको लामटाङ वन्यजन्तु आरक्षण केन्द्रका अधिकांश भू-भाग पर्दछन् । उत्तरमा रसुवा र चीनको तिब्बत पर्दछ । दक्षिणमा काभ्रेपलाञ्चोक, काठमाडौं र रामेछाप जिल्ला पर्दछन् । यस जिल्लामा रहेको ठूलो धादिङ गाविस दोलखा, रामेछाप, काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोक गरी ४ जिल्लाको सीमावर्ति गाविस हो ।

(सन्दर्भ सामाग्रीः सभार गरियको )

0 प्रतिक्रियाहरु:

Post a Comment

 
Design by सुर्य बहादुर खत्री . सम्पूर्ण सर्बधिकार भोईस अफ सिन्धु मा निहित। .