दुर्घटनमा २ को मृत्यु
लामोसाँघु, ३१ असार।अरनिको राजमार्ग अन्तर्गत लामोसाँघु र खाडीचौर बीचमा पर्ने अक्करमा बुधबार दिउँसो एक मालबाहक भ्यान दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । सो घटनामा सात जना घाइते भएका छन् ।दुर्घटनामा राम्चे गा.वि.स. का १५ वर्षीय साङ्दोर्जे तामाङ र माङ्खा गा.वि.स. का लक्ष्मण तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ । बाह्रबिसेबाट काठमाडौ आउँदै गरेको बा. १ ख ३९५६ नम्बरको भ्यान दिउँसो साढे २ बजेतिर अक्करमा दुर्घटनामा परेको बताएको छ ।घाइतेहरुको खाडीचौर स्थित न्यू सदाबहार अस्पतालमा उपचार भईरहेको छ । घाइतेहरुको अवस्था गम्भिर र चिन्ताजनक...